‘ओठ खोलेर’ हिट भएपछी रबिना बसेल मिडियामा, सचिनजस्तै आमाछोरीले हसाएरै बेहोस बनाए हेर्नुहोस

काठमान्डौ | ९ बर्षका भाईरल बालक सचिन परीयारको पहिलो गीत ‘ओठ खोलेर‘को म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा रबिनलाई बाल गायिका रबिना बसेलले साथ दिएकी छन। गीतलाई दर्शक स्रोताले एकदमै रुचाएका छन्। १ हप्ताको अवधिमा गीतलाई युटुबमा ३६ लाख बढी भ्युज, एक लाख बढी लाइक र छ हजार बढी सकारात्मक कमेन्ट मिलेको छ। गुल्मीका सचिनको यो पहिलो गीत हो गीतका निर्माता लेकसाइड टिभीका सन्चालक सविन छेत्री हुन्। गीतमा गणेश अधिकारीको शब्द अनी महेन्द्र भण्डारीको संगीत रहेको छ ।

स्‍मृति तिमील्सिना “गुरुआमा” को निर्देशनमा तयार भएको भिडियोमा सुरेश श्रेष्ठको छायांकन, शिव पौडेलको सम्पादन रहेको छ ।गीतको भिडियोमा सचिन पारीयार, रबिना बसेलको साथमा कारीश्मा ढकाल, सव्बीइन छेत्री, अर्जुन कुँवर, एलिना रायमाझी लगायत कलाकारको अभिनय रहेको छ। गीतलाई लेक साइड टी भि नामक यूटुब च्यानल बाट शनिबार सार्वजनिक गरिएको हो।

आज हामि यसै गीतकी गायिका मोडल रबिना बसेल र उनकी आमासंग कुरा गरेका छौ |