ट्रम्पले दिए बिदाई सन्देश इतिहासमै न्यूनतम बेरोजगारी दर स्थापित लगायत चर्चा गर्दै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्हाइट हाउस छोड्ने बेलामा अन्तिम बिदाई सन्देश दिएका छन । सामाजिक संजाल बन्द भए पछि पहिलेनै अभिलेखन गरेको युट्युब मार्फत उनले अमेरिकी जनतालाई सन्देश दिए ।

उनले आफूले चुनावमा पराजित भएको र हारेको कुरा स्विकार नगरी आगामी नयाँ प्रशासन भन्दै आफूले प्राप्त गरेका उपलब्धि बारेमा चर्चा गरे ।

उनले अमेरिकी इतिहासमै सबै भन्दा न्युनतम बेरोजगारी दर स्थापित गरेको र दशकौ पछि आफू त्यस्तो राष्ट्रपति जसको पालामा युद्ध नभएको चर्चा गरे ।

संयुक्त राज्य अमेरिकाको ४५औ राष्ट्रपतिको रूपमा मेरो कार्यकाल समाप्त भएपछि हामी सँगै हासिल गरेकोमा गर्व गर्दछु भने । सन् २०१६ मा मलाई जिताउनु भएको भन्दै सबै मतदाता र अमेरिकनलाई धन्यवाद दिए ।

हामीले विश्वको इतिहासमा सबैभन्दा ठूलो अर्थतन्त्र निर्माण गरेका छौं, ”उनले भने। ट्रम्पले आउँदै गरेको प्रशासनको सफलताको कामना पनि गरे र अमेरिकीहरूलाई उनीहरूको साझा मूल्य मान्यताको वरिपरि एकजुट गर्न आग्रह गरे।

“यस हप्ता, हामी नयाँ प्रशासनको उद्घाटन गर्दछौं र अमेरिकालाई सुरक्षित र समृद्ध राख्नको लागि यसको सफलताको लागि प्रार्थना गर्दछौं उनले भने ।

-इनेप्लिज