‘म त्यसै रोयको हैन’ दोहोरी गाएर दुनिया रुवाएका दिदिभाई दिपिका र प्रिन्सको पहिलो गित सार्वजनिक ( भिडियो )

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा दिपिका र प्रिन्सको आवाजमा सार्बजनिक भयो पहिलो गित ‘ म त्यसै रोयको हैन ‘ भिडियो सार्वजनिक भएको छ |

लोकप्रिय गायिका दिपिका मगर र भाइरल बाल गायक प्रिन्स लम्साल को सुमधुर आवाजमा बहुप्रतिभाशाली कलाकार प्रेम सागर पौडेलको शब्द तथा लय संकलनमा बनेको उक्त मन छुने गित मा त्यसै रोयको होइन बजारमा सार्बजनिक भयको छ।

भिडियोमा भिम थापाको निर्देशन रहेको छ भने डीबी रेउलेको छायांकन रहेको हो। उक्त गीतमा इश्वर बाबुको छ भने बिकास ज्ञावालिले रंग भरेका थिय। उक्त गीतमा दिपिका मगर र प्रिन्स लम्सालको अभिनय रहेको छ। उक्त गीतको भिडियो प्रायस मिडिया मार्फत बजारमा सार्बजनिक गरियको छ।

भिडियो हेर्नुहोस् :