नेपालमा नयाँ कोरोना भाइरस, नेकपाको विवाद, निर्वाचन आयोगको प्रतिवेदन बुझेपछि राष्ट्रपतिले यस्तो भनिन्, हेर्नुहोस माघ ६ गतेका मुख्य समाचारहरु

राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएको बताउनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा साेमवार आयोजित कार्यक्रममा निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६/०७७ बुझ्दै उहाँले शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएको हुँदा तोकिएको समयमा नै आगामी प्रतिनिधि सभा सदस्य चुनाव गराउन जरुरी भएको बताउनुुभएको हो ।

राष्ट्रपति भण्डारीले स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, मितव्ययी र भयरहित चुनावका लागि गम्भीरता र दृढतापूर्वक कार्य गर्न आयोग सक्षम हुने विश्वास व्यक्त गर्दै चुनावकाे माध्यमद्वारा लोकतन्त्रलाई संस्थागत एवं सुदृढीकरण गर्ने काम आयोगको भएको बताउनुभयो । चुनावमा बढीभन्दा बढी मतदाता सहभागी गराउन, सबै मतदाताको मताधिकार सुनिश्चित गर्न र मतदानस्थल तथा केन्द्र मतदातामैत्री बनाउन उहाँले सुझाव दिनुभयो । हेर्नुहोस माघ ६ गतेका मुख्य समाचारहरु :