१५ दिनमा ५० लाख दर्शक कमायो सचिन परियार र रबिना बसेलको ओठ खोलेरले, १५ दिन देखि ट्रेन्डिङ १० भित्रै सबै रेकर्ड तोडिए

काठमाडौ। पछिल्लो समय चर्चित गायक अर्जुन कुंवरको स्वरमा रहेको गीत युटुबको ट्रेन्डिङ नम्बर १ मा पुग्न सफल भएको छ। केही दिन अघि लेकसाइड टिभीको युटुब च्यानलबाट रिलिज “ओठ खोलेर” बोलको गीतलाई छोटो समयमा अत्याधिक भ्युज मिलेको छ।

सचिन परियार, रविना बसेल, अर्जुन कुँवर र अस्मिता बुढाथोकीको सुमधुर आवाज रहेको गीतमा महेन्द्र भण्डारीको संगीत रहेको छ।भने गणेश अधिकारीको शब्द रहेको छ। गीतलाई दर्शक स्रोताले एकदमै रुचाएका छन् । ३ दिनको अवधिमा गीतलाई युटुबमा १६ लाख बढी भ्युज, एक लाख बढी लाइक र ५ हजार बढी सकारात्मक कमेन्ट मिलेको छ।

गुल्मीका सचिनको यो पहिलो गीत हो। गीतका निर्माता लेकसाइड टिभीका सन्चालक सविन छेत्री हुन् । गीतको भिडियोमा सचिन, रबिनालाई देख्न सकिन्छ। सचिन र रबिनाका अलवा मोडल करिश्मा ढकाल, सबिन छेत्री,अर्जुन कुँवर , एलिना रायमाझी लगायतला कलाकारहरु पनि भिडियोमा फिचर्ड छन् । भिडियोलाई स्मृति तिमिल्सिना गुरुआमाले निर्देशन गरेकी हुन् । सुरेश श्रेष्ठले आकर्षक फ्रेममा खिचेको भिडियोलाई शिव पौडेलले सम्पादन गरेका हुन् । हेर्नुहोस |