एकै परिवारबाट रू ५१,००० सहयोग नमन यी मनकारी पन्त परिवारमा ।

स्कटनेपाल,
बेलायतमा बस्दै आउनु भएको समाज सेवी हरु (आमा छोरा छोरी) पन्त परिवार को उत्कृस्ट काम भिम उपाध्याय (पुर्ब सचिव नेपाल सरकार) ज्यु आफ्नो फेसबुक वाल मार्फत जानकारी गराउनु भएको छ ।

बर्दियामा घरबिहिन विपन्न बहिनी उषाको घर बनाउने अभियानमा आजका दिनका सबैभन्दा उदार दानी यी बेलायतमा बसोबास गर्ने परिवार: आमा बिद्याबती पन्तबाट: रू २०,०००/-, छोरा कुमुद पन्तबाट २०,०००/-, छोरी जानुका पन्त जूनबाट रू ११,०००/-। एकै परिवारबाट रू ५१,०००/-। नमन यी मनकारी पन्त परिवारमा ।

भिम उपाध्याय (पुर्ब सचिव नेपाल सरकार) ज्यु आफ्नो फेसबुक वाल मार्फत जानकारी गराउनु भएको छ – घरबिहिन बर्दियामा रहेकी बहिनी उषा थापा मगरले आज मसंग फोनमा कुरा गर्न चाहिन्। बर्दिया बरैयाताल गाउँपालिकाका प्रशासकीय प्रमूख अर्जुन सुबेदीपर्बते जेठो भाइले सम्पर्क गराईदिनु भएको थियो। उषाले तपाई सबै भगवान हो भन्दै थिईन्। केही सम्पत्ति नभएकी उषाको बैंक खाता खुल्यो पहिलो पल्ट, अहिले करिब रू ४ लाखको मौज्दात छ। घर पाउने कल्पनै थिएन अब घर पाउने भएर कृतज्ञता र आभार ब्यक्त गरिरहेकी थिईन्।

मलाई मेरो घर बनेर गृह प्रवेशको बेला, मिले त्यसअघि आईदिनुहोला भनेर बिन्ति गरिन्। न आए म दुखी हुनेछु भनिन्। त्यो बेला हेरौँ के हुन्छ तर म कुनै एक दिन तपाईको घर बनेर गृह प्रवेश भएपछि १ छाक खाना खान अवश्य आउने छु- खानामा दाल,भात, तरकारी र अचार बनाउनु पर्छ, मैले भनेको छु।

उषाको टेलिफोनमा सुनिएको आवाजमा प्रष्ट खुशी र अनिश्चित जीवनको अब अन्त्य भएर सन्तोषको अनुभूति प्रदर्शित भएको संकेत मैले प्रष्ट बुझिरहेको थिएँ।
चाडो घर बनाउन सकेर बस्नुहोला पछि पछि कुरा गर्दै रहौँ है भनेर बिदा भईयो।