जब वरिष्ठ अभिनेत्री लक्ष्मी गिरीले सबैलाई चकित पार्ने गरी नेवारीमा कविता सुनाइन् (हेर्नस् भिडियोमा)

बिहिबार माघे संक्रान्तिका दिन काठमाडौंस्थित शंखरापुरमा इन्द्रायणी युवा समाजले आयोजना गरेको बृहत साइकल ¥याली, पदमार्ग निर्माण तथा आन्तरिक पर्यटन प्रवद्धन अभियानको औपचारिक घोषणा कार्यक्रममा विशेष अतिथि बनेर पुगेकी थिइन्, वरिष्ठ अभिनेत्री लक्ष्मी गिरी ।

‘झोला’लगायत फिल्ममा जीवन्त अभिनय गरेकी लक्ष्मीलाई त्यहाँ सम्मानसमेत गरियो । उनका तन्नेरी फ्यानहरुले उनीसँग तस्बिरसमेत खिचाए ।

त्यसपछि बढीजसो नेवार समुदायका दर्शक सहभागी रहेको कार्यक्रममा जब लक्ष्मीलाई प्रस्तुतिका लागि स्टेजमा बोलाइयो, उनले सबैलाई चकित पार्ने गरी नेवारी भाषामात्रै बोलिनन्, आफूले नेवारीमा नै लेखेको कवितासमेत सुनाइन् ।

कस्तो थियो त उनको कविता प्रस्तुति, आफै हेर्नुस् भिडियोमा |