यि पूजारी, जो हरेक साँझ ठमेलका नाइट क्लब र डान्सबार धाउँछन् जसले पण्डित काम गरेरै घर बनाए (भिडियोसहित)

उनी हरेक साँझ ठमेलका ठूल्ठूला नाइट क्लब र डान्सबार धाउँछन् । जिउमा दौरा सुरुवाल, कोट र शिरमा ढाका टोपी सधैँ पहिरिएका हुन्छन् । हातमा धुप बोकेर नाइट क्लब र डान्स बारमा मन्त्र वाचन गर्दै गरेको भेटिन्छन् । उनको हुलिया र व्यवहार देख्दा जोकोहीले उनी पूजारी अर्थात् पण्डित हुन् भनेर सहजै ठम्याउन सक्छन् ।

तैपनि देख्नेहरुको मनमा जिज्ञासा त जागिहाल्छ– आखिर यि अधवैशे पूजारी के गर्दैछन् ? हो, आज हामी चर्चा गर्दैछौ ति पुजारीको जो ठमेल क्षेत्रमा प्रख्यात छन् । जो ठमेलका दर्जनौं रेस्टुराँ, डिस्को, क्लब, डान्सबार र होटलमा दिनहुँ पुग्छन् ।

आखिर किन त ? जान्नका लागि हेर्नुस् यो विशेष भिडियो |