गायक परियारको ‘रेलको भाडा’ सार्वजनिक

काठमाडौं । धमाधम लगनको महिना चलिरहँदा नेपाली कलाकारहरु पनि पञ्चेबाजा गीतहरु धमाधम बजारमा ल्याई राखेका छन् ।

त्यसै अनुरुप पछिल्लो समयका चर्चित गायक रञ्जित परियारले पनि यो बर्ष उनकै आफ्नै चर्चित गीत रेलको भाडालाई पञ्चेबाजामा प्रस्तुत गरेका छन् ।

धेरै दर्शक श्रोताले मन पराईएको गीत रेलको भाडा अहिलेका चर्चित कलाकारहरु रञ्जित परियार, टिकासानु, रविन लामिछाने र सम्झना भण्डारीको आवाजमा सजिएको छ ।

सबै पक्षबाट उत्कृष्ट बनेको रेलको भाडा टिपिकल पारामा भिडियो निर्देशन गरिएको छ भने बेहुला पक्ष र बेहुली पक्षबाट भनाभन लाईभ दोहोरी जसरी प्रस्तुत गरिएको छ ।

भिडियोमा चर्चित चर्चित कलाकारहरु समावेश गरिएको छ ।

यस गीतमा शब्द सिर्जना रविन लामिछानेको छ भने संगित रञ्जित परियार आफ्नै रहेको छ ।