२० वर्षपछि राजमति बनेर मिडियामा आउँदा यस्ती देखिइन् राजमति, यसरी सम्झिइन् श्रीकृष्ण श्रेष्ठलाई (हेर्नुस् भिडियो)

काठमाडौं– सन् १९९५ मा बनेको एकदमै चर्चित नेवारी फिल्म हो ‘राजमति’ । निर शाहले निर्देशन गरेको यही फिल्मबाट चर्चामा आएकी कलाकार हुन्, हिसिला महर्जन् । जसले यो फिल्ममा अभिनेता श्रीकृष्णसँग जोडी बाँधेर ‘राजमति’को भूमिका निर्वाह गरेकी थिइन् ।

आइतबार किर्तिपुरमा राजेन्द्र खड्गीको नयाँ फिल्मको सुटिङ भइरहँदा एक्कासी ‘राजमति’कै अवतारमा आइपुगिन्, हिसिला । २० वर्षपछि राजमतिको अवतारमा देख्दा सबै चकित भए । हिसिलाले पनि राजमतिका किस्सा र डायलग सुनाउन भ्याइन् । स्वर्गिय अभिनेता श्रीकृष्ण श्रेष्ठलाई समेत सम्झिइन् ।

बाँकी के के भयो, आफै हेर्नुस् भिडियोमा |