पोखरामा फिल्मी सैलिमा देउसै नगर बस भित्रै चोरी ! हेर्नुहोस यसरी समातेर सार्बजनिक गर्यो प्रहरीले

मिति २०७७।१०।०२ गते दिउसोको २:२७ बजे कास्कीको पोखरा म.न.पा. वडा नं.१४ चाउथे बस्ने ६५ वर्षकी नारायणी सापकोटा नगर बसमा चढी सभागहृ चोकबाट चाउथे तर्फ जानेक्रममा खैरो रङको ब्यागमा राखेको नगद रु. एक लाख (१,००,०००।-) चोरी भएको भन्ने खबर प्राप्त हुन साथ् तत्काल वडा प्रहरी कार्यलय रामबजारबाट प्रहरी टोली खटई गएको थियो।

पिडितको भनाईको आधारमा अनुसनधान गर्ने क्रममा .१७:०० बजे पोखरा म.न.पा. वडा नं.१० अमरभसंहचोकको आदिमा अमरभसंहको चौरमा शंकास्पद अवस्थामा ३ जना व्यक्तिहरु फेलापारी चेकजाच गर्दा उनीहरुको साथबाट नगद रु.एक लाख एक हजार पाचसय सत्तरी (रु.१,०१,५७०।–) समेत फेला पारी उनीहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान भैरहेको छ।