चलचित्रमा समाबेस ,मुख्य दृश्य सहित “गोर्खे ”को टाईटल गीत सार्वजनिक (भिडियो सहित)

कोजु ईन्टरटेन्टमेनको ब्यानरमा हरि लामाको प्रस्तुति र तिर्थ राम कोजु र हरि थापाको निर्माणमा तयार भएको चलचित्र “गोर्खे ” को चलचित्रमा समाबेस ,मुख्य दृश्य सहित टाईटल लिरिकल गीत सार्वजनिक गरिएको छ।बुढा सुब्बा डिजीटलको आफिसिएल युटुब मार्फत सार्वजनिक भएको यस गीतमा आवाज ,संगीत र एरेन्ज शास शाक्यको रहेको छ भने शब्द नग्वा फिन्जु पाख्रिनको रहेको छ ।
यस गीतमा चलचित्रका मुख्य पात्रहरुलाई फिचर्ड गरिएको छ । यसअघि “सिन्के अचार ” र गाउँ भरि हल्ला भो ” बोलको गीत सार्वजनिक गरेर दर्शक श्रोताको मन जितेको यस चलचित्रको “गोर्खे ..” टाईटल गीत रिलिज संगै चलचित्र हेर्ने र नेपाली चलचित्रलाई मायाँ गर्ने दर्शकको मन जित्नेमा निर्माण पक्ष ढुक्क रहेको छ ।

नेपालको रमणीय स्थानहरु पाल्पा ,बर्दघाट,धम्पुस,पोखरा र काठमाण्डौ लगायत नेपालको रमणीय स्थानहरुमा छायांकन गरिएको यस चलचित्रलाई निर्देशक किम्मत गौतमले निर्देशन गरेका हुन ।. गोर्खे बन्ने सपना बोकेका ५ युवाहरुको पात्र लाई सिनेमामा देख्न पाईने बताए निर्माता हरि थापाले। चलचित्रमा रबिन्द्र प्रताप सेन,अन्जली अधिकारी,अर्जुन गुरुङ्ग,आश्मी लामा,आश्मी श्रेष्ठ,एन्जेल श्रेष्ठ ,बाल्दिप राई लगायतकाको प्रमुख अभिनय रहेको छ।

सौरब लामा र निरज कंडेलले खिचेको यस सिनेमाको कथा भने काजी लिम्बुले लेखेका हुन। करिब ४५ दिनमा छायांकन सकिएको छिन्दु पाख्रिन र हरि लम्सालको संगीत रहेको छ । चलाचित्र फाल्गुनको दोश्रो साताबाट प्रदर्शनमा ल्याउने तयारी भईरहेको बताए निर्माता हरि थापाले । यस्तै चलचित्रको विदेशको शो पनि पक्का भएको निर्माण टिमले जानकारी दिएको छ । चलचित्रलाई मित्र डी गुरुङले सम्पादन गरेका हुन् ।