प्रम ओलिको निर्बाचन छेत्रमा काङ्रेसको बिरोध , प्रतिगमन नसच्याए माघ महिना भित्रै सरकार ढल्छ

युबराज रेग्मी

माघ ३ ,झापा / सरकारको असंबैधानिक कदम र भ्रष्टाचार विरुद्ध नेपाली कांग्रेसले आज देसैभरका ७५३ वटै पालिकाहरुमा सरकारको प्रतिगमनकारी कदम विरुद्ध विरोध कार्यक्रम सम्पन्न गरेको छ । सोही क्रममा प्रधानमन्त्री ओलिको निर्बाचन छेत्र अन्तरगत पर्ने दमक र गौरादह नगरपालिकामा पनि विशाल बिरोध सभा सम्पन्न भएको छ ।

दमक नगरपालिका अन्तरगत पर्ने नेपाली कांग्रेस नगर समिति दमक द्वारा आयोजित पार्टी कार्यालयबाट शुरु भएको सांकेतिक र्याली सहितको विरोध प्रदर्शनमा दमक नगरका नेता तथा कार्यकर्ता पेसागत संघ ,भातृ संघ संगठन लगायतका शुभेच्छुकहरु उल्लेख्य संख्यामा सहभागी भएका थिए ।

र्याली प्रदर्शन पश्चात् दमक चौकमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै वक्ताहरुले केपी ओली नेतृत्वको वर्तमान सरकार एकपछि अर्को असंबैधानिक कदम चाल्न उद्धत रहेको बताउदै जनताका अधिकारहरु कुण्ठित हुँदै लोकतान्त्रिक व्यवस्थानै खतरामा पर्दै गएको टिप्पणी गरे । सभामा नेपाली कांग्रेसका युवा नेता तथा नेपाल तरुण दलका पुर्व उपाध्यक्ष मेदनी प्रसाद सिटौलाले ओली नेतृत्वको वर्तमान सरकारले संविधानमा नभएको अधिकार प्रयोग गरेर व्यवस्थापिक संसदको अवसान गराएको जिकिर गरे ।

इतिहासमा यदाकदा यस्तो दु:खद अवस्था आएको स्मरण गराउदै गलत कदमलाई सच्याउदै संविधानको रक्षा गर्ने काममा न्यायपालिकालाई कांग्रेसले विश्वास गरेको बताए । नेता सिटौलाले यो सरकार आम उत्पीडित महिला, श्रमिक, युवा तथा बिद्यार्थी वर्गको अधिकारका विरुद्ध रहेकोले यसका विरुद्ध आम नागरिकहरु सडकमा उत्रिएर आन्दोलनको मोर्चामा होमिन आवस्यक रहेको बताए ।

कांग्रेस सभापति शेरबहादुर देउवाका भनाई हरुलाई लिएर आन्दोलनका बिषयमा उत्पन्न भएका केही दुविधाहरुलाई स्पष्ट पार्दै युवा नेता सिटौलाले पार्टी सभापति र आम कांग्रेसले न्यायपालिका माथि विश्वास गरेको हुनाले स्वतन्त्र न्यायपालिकाले संविधानको रक्षाका लागि स्वतन्त्रतापुर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए ।संसद पुनर्स्थापना गरेर असंबैधानिक कदम सच्चिए कांग्रेस अग्रपंक्तिमा उभिएर निर्वाचनमा होमिने उनले प्रस्ट पारे ।

ओली सरकारले निर्वाचन गराउन नभई सर्वसत्तावाद लाद्न पछिल्ला कदमहरु चालिरहेको बताउदै त्यसलाई नसच्याए काङ्ग्रेसले देसभर बाट आफ्ना नेता कार्यकर्ता सडकमा आएर आन्दोलनको आधिबेहरि ल्याउने उद्घोष गरे ।

कांग्रेस झापाका पुर्व सभापति पुर्णानन्द शर्माको प्रमुख आतिथ्यमा आयोजित सभामा कांग्रेस विधि र सिद्धान्तमा अडिग रहेको नेता शर्माले उल्लेख गरे । कार्यक्रमलाई कांग्रेस झापा क्षेत्र नं ५ का सभापति ढुण्डीराज भण्डारी, महाधिवेशन प्रतिनिधि रेगिना भट्टराई, नगर सभापति रोशन विष्ट लगायतले सम्बोधन गरेका थिए ।

यसै गरि प्र म कै निर्बाचन छेत्र अन्तरगत पर्ने गौरादह नगरपालिका को गौरादह बजारमा आयोजित बिरोध सभालाई सम्बोधन गर्दै महाधिबेसन प्रतिनिधि सिताराम भट्टराईले सरकारको अलोकतान्त्रिक र असंबैधानिक कदम विरुद्ध संसद ( प्रतिनिधि सभा ) पुनर्स्थापना नभए सम्म एकजुट भइ आन्दोलन गर्नुपर्ने अवस्था आएको बताउदै सामाजिक संजालमा अफबाह आए जस्तो आन्दोलन बारे देउबा यो चाहान्छ्न, पौडेल यो चाहान्छ्न भनेर मतभेद गर्नुभन्दा काङ्ग्रेस केन्द्रिय कार्यसमितिको निर्णय महत्वपूर्ण हुने बताए ।

कार्यक्रम लाई सम्बोधन गर्दै महाधिवेशन प्रतिनिधि डा. खगेन्द्र अधिकारीले नेपाली काङ्ग्रेस प्रजातन्त्र र लोकतन्त्र आए पश्चात् कुनै पनि बिरोध तथा धर्ना गर्नु नपरोस भन्ने पक्षमा रहेकोले कम्युनिस्टको जस्तो यो वा त्यो गर्छौ भन्ने आस्वासन नबाढ्ने हुनाले कम्युनिस्टले जस्तो समृद्धिका नारा र झुटा आस्वासन मात्र नदिइ जनतालाई अमनचयन दिनेकाम नेपाली काङ्ग्रेसले मात्र गर्न सक्ने बताउदै ओलिको अलोकतान्त्रिक कदमले देसमा सर्बसत्ताबाद लाद्न खोजेकोले लोकतन्त्रको रक्षाका लागि फेरि एकपटक देसब्यापी आन्दोलन गर्नुपर्ने अवस्था आएको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेस प्रदेस सभा छेत्र ५ (क)का सभापती रोहित कुमार साहले ओलि सरकार द्वारा पुस ५ गते नेपालको संविधानको मुल मर्म र भावना बिपरित चालिएले उक्त कदमले नेपाली समाज शान्तिमा रुपान्तरित हुने आसा तुसारापात हुनुका साथै देस फेरि हिंसा र आतंकको मोडमा धकेलिएको बताए ।

नगर सभापती यादब राज सेडाइको सभापतित्वमा आयोजित कार्यक्रममा सभापति सेडाइले नेपालको आन्तरिक राजनिती र लोकतन्त्र जोगाउन सरकार बिफल भएकोले ओलि सरकारले अलोकतान्त्रिक कदम तत्काल नसच्याए आन्दोलनको आधिबेहरीले यो सरकार माघ महिना भित्रै बिस्थापित हुने जिकिर गरेका थिए । कार्यक्रमलाई महाधिवेशन प्रतिनिधि लक्ष्मी बाराकोटी , महिला संघ जिल्ला सदस्य इन्दिरा पोख्रेलले समेत सम्बोधन गरेका थिए ।