नेपाल स्वयंसेवक संघ 1 नम्बर प्रदेश द्वारा प्रशिक्षण कार्यक्रम सम्पन्न।

स्कटनेपाल,  `देशको रक्षा गर्नु नै हाम्रो अभियान´को मुल नारा सँगै नवनियुक्ति नेपाल स्वयंसेवक संघ १ नम्बर प्रदेशले जिल्लाका जिल्ला अध्यक्ष तथा प्रतिनिधिको सहभागीता गराई माघ ३ गते १ नम्बर प्रदेशको इटहरीमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रशिक्षण कार्यक्रममा नेपाल स्वयंसेवक संघ प्रशिक्षण विभागकी अध्यक्ष बिमुन्स पौडेल ज्यु को प्रमुख अतिथ्यता र नेपाल स्वयंसेवक संघ १ नम्बर प्रदेश अध्यक्ष माेहन घिमिरे ज्युको अध्यक्षता रहेको कार्यक्रमको संचालन पराजुली ज्युले गर्नु भएको थियो।

नेपाल स्वयंसेवक संघको विधानलाई स्पष्ट पार्दै कार्यक्रम प्रशिक्षक बिमुन्स पौडेलले अरुको सेवामा समर्पित हुनु आफ्नो भविष्य चिन्नु रहेको बताउनुभयो। उहाँले सबैभन्दा ठूलो धर्म समाज सेवा रहेको र समाजसेवा गर्दा अहित हुने सिद्धान्त कुनै धर्ममा नरहेको पनि स्पष्ट पार्नुभएको थियो।

यसै गरि १ नम्बर प्रदेशका नेपाल स्वयंसेवक संघ साथै यसका भातृ संगठनलाई सकृय भएर समाजसेवामा लाग्न अनुरोध गर्दै प्रदेश कार्यसमितिको तर्फ बाट आवश्यक सल्लाह, सुझाव तथा सहयोग सदैव रहने बताउनुभयो ।
एक दिवसिय अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रममा प्रदेश कार्यसमिति तथा जिल्ला अध्यक्ष ज्युहरूकाे उपस्थितिमा सम्पन्न भएको छ।