के भयो यस्तो मोडल अञ्जली अधिकारीलाई , तुरुन्तै हेर्नुहोस् !

सामाना शाहको शब्द सङ्कलन र केशव श्रेष्टको अभिनय रहेको लोकदोहोरी गीत ‘पानी पाए पछि’को भिडियो सार्वजनिक भएको छ ।

सामाना म्युजिक क्रियशन युटुब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक भएको हो । गायिका बिष्णु माझी र भगीरथ चलाउनेको स्वरमा रहेको गीत ‘पानी पाए पछि’मा भगीरथ चलाउनेको सङ्गीत रहेको छ ।

बिनोद पराजुलीको एरेञ्ज रहेको गीतको रेकर्डिङ राजेन्द्र बाजुरालीले गरेका छन् ।

अञ्जली अधिकारी र केशव श्रेष्टको अभिनय रहेको गीतको भिडियोलाई सिर्जन बरालको निर्देशन छ । राजेश घिमिरेको छायाँकन रहेको भिडियोमा अमृत चापागाईंको सम्पादन छ ।

निरज श्रेष्टको सहनिर्देशन रहेको भिडियोको फोटोग्राफर आयुष सापकोटा रहेका छन् । प्रेम कहानीमा आधारित कारुणीक भिडियोको दृष्य निर्माण जनता डिजिटल फिल्मस् नेपालले गरेको हो ।