‘रेलको भाँडा’ सार्वजनिक : रन्जित परियार, टिका सानु, रविन लामिछाने र सम्झना भण्डारीको पन्चेबाजा गित

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् ।

यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् । लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका , कहिले घरवेशी कहिले प्रदेशीको पिडामा सर्मित गित, कहिले मौलिकता झल्काऊने झ्याऊरे गितहरु , कहिले आधुनिक गितहरु , कहिले लोक दोहोरी गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । प्रायजसो गितहरुमा मायाप्रेमको विषयवस्तु समावेश भएकोले यता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

यसै विच लोक तथा दोहोरी गित क्षेत्रमा आफ्नो छुट्टै पहिचान वनाऊन सफल गायक गायिकाहरु रन्जित परियार, टिका सानु, रविन लामिछाने र सम्झना भण्डारीको आवाजमा पन्चेबाजा गित ‘रेलको भाँडा’ सार्वजनिक भएको छ ।

केहि समय अघि सर्जक प्रह्लाद सुवेदीको शब्द सृर्जना एवम् रन्जित परियारको लय रचनामा गायक रन्जित परियार र मनिशा घयकको आवाजमा केहि समय अघि वजारमा आएको गित अत्यन्तै लोकप्रिय वनेको थियो , त्यहि गितलाई पन्चेबाजा भर्जनमा रेकडिङ्ग गराई आज रन्जित परियारको अफिसियल युटुव च्याानलबाट म्युजिक भिडियो सार्वजनिक भएको छ ।

लोकप्रिय सर्जक एवम् दोहोरीका हस्ति रविन लामिछाने उत्कृष्ट शब्द सृर्जना एवम् रन्जित परियारको लय रचना रहेको गितमा चर्चित गायक गायिका रन्जित परियार, टिका सानु, रविन लामिछाने र सम्झना भण्डारीको पन्चेबाजा गित ‘रेलको भाँडा’ सार्वजनिक सुमधुर स्वरमा सजिएको छ ।

मानसिह खड्काको उत्कृष्ट निर्देशन रहेको गितको म्युजिक भिडियोमा रन्जित परियार, टिका सानु, रविन लामिछाने, सम्झना भण्डारी , टिका जैशी , निरआले मगर ,वालचन्द्र वराल, सुमन परियार , अर्जुन खड्का ,प्रेम अर्याल लगायत थुप्रै कलाकारहरुको फिचर एवम् अभिनय रहेको छ ।

गितको म्युजिक भिडियो अत्यन्तै उत्कृष्ट वनेको छ । प्रकाश खड्काले छांयाकन गरेको गितको म्युजिक भिडियोलाई राजकुमार मगरले सम्पादन गर्नु भएको छ !

रन्जित परियारको आफ्नै अफिसियल युटुवबाट गित सार्वजनिक गरेका छन् , गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित गितको पुरा म्युजिक भिडियो हेर्नुहोस् :