जङ्गलको कथामा हसाएर भुतुक्कै बनाउने सिरियल,सक्किगोनीलाई टक्कर दिने क्षमता “हास्नु हुन्न है” मा (भिडियो सहित)

राजधानी बाहिर पुर्ब झापाबाटै सक्किगोनीलाई टक्कर दिने क्षमता भएको अर्को नेपाली हास्य टेलीश्रीन्खला हास्नु हुन्न है सम्पूर्ण दर्सकहरु माझ सुपर अनलाइन टिभीबाट आइसकेको छ । नेपाली हास्य सिरियलहरु निर्माण हुने क्रम बड्दो रहेको अवस्थामा हास्नु हुन्न है ले छोटो समयमै राम्रो चर्चा परिचर्चा कमाउन सफल भइसकेको छ । यस सिरियलले छुट्टै किसिमको कथा बस्तुहरु समसामयिक घटनाहरुलाइ समेटेर ब्यङ्गात्मक तरिकाबाट दर्सकहरुलाइ रमाइलो तरिकाले मनोरञ्जन साथै हरेक हप्ता समाजमा केही न केही शिक्षा प्रदान गर्दै आएको छ । हरेक हप्ता फरक कथाबस्तुमा प्रस्तुत गरिरहेको छ ।

निर्देसक तथा कलाकार समीर सुवेदी र आइन्द्र लिम्बुका अनुसार नेपालको गाउले कथामा आधारित निर्माण भैरहेको यश सिरियलमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहेको छ। कलाकारहरु आइन्द्र लिम्बू, समीर सुबेदी, ज्योती अधिकारी , कल्पना पाण्डे , रुबिना गहतराज, पदम कोइराला, कुमार राई, योवन गुरुङ, दिनेश बस्नेत,सुशिला खालिङ्ग राई र अन्य धेरै कलाकारहरूको पनि बेजोड प्रस्तुति रहेको छ। निर्देशक तथा कलाकार समीर सुवेदी र आइन्द्र लिम्बुले कलाकारिता गर्ने क्रममा आफ्नो कलाकारिता प्रस्तुत गर्न एउटा सानो स्थान प्राप्त गर्नलाइ धेरै दौडधुप गर्नुपरेको र अरुले त्यस्तो भोग्नु नपरोस भनेर आफुले नयाँ आउनेहरुका लागी सहज बाताबरण बनाएर अगाडी बढाउदै गरेको बताए । दस बर्षको संघर्षपछि आफैले बनाउन सुरु गरेका समीर र आइन्द्र खुशी भएका छन ।

दोबाटेबाट निकालीएपछी उनिहरु आफैले सुरु गरेका थिए । उनीहरुले दोबाटे छोडेसङ्गै दोबाटेका अन्य सात जना कलाकार पनि दोबाटे छाडेर हास्नु हुन्न है मा नै आएपछी अहिले नेपाली बजार सक्किगोनी,हल्का रमाइलो,गाह्रो छ हो मलाई र हास्नु हुन्न है ले तताउन सुरु गरेका छन । त्यसैगरि बुडेसकालमा २१ बर्षकि युवती बिबाह गर्ने भाइरल बाजे सिंहबहादुर लिम्बू र पुजाको पनि हरेक हप्ता अभिनय देख्न पाइनेछ ।