सुधिर चौधरीलाई नेपाली चेली रमा ओलीको दह्रो झापड

रमा ओली लेख्नु हुन्छ : प्रिय नेपालीहरू कसले माग्यो माफि भ्रममा नपरौं। सुटुक्क.. गोप्यरुपमा सुधीर चौधरी नेपाल आए प्रधानमन्त्रीको अन्तर्वार्ता लिएँ। साहसी प्रधानमन्त्री भनि समर्थन गर्नेको संख्या ह्वात्तै बढ्यो। त्यस लगत्तै पत्रकार सुधीर चौधरी हाम्रो सगरमाथाको काँखमा पुगेर यसमा ईन्डियाले पनि अब दाबी गर्नुपर्छ भनेका थिए। यो अभिब्यक्तिले हाम्रा प्रधानमन्त्रीको खोक्रो राष्ट्रबाद ह्वात्तै पोखियो केही आसेपासे यताको मानो खाएँर इण्डियाको गुणगान गाउने दलालहरूलाई पोखिएको राष्ट्रबाद उठाउन हम्मे हम्मे परेको थियो। हाम्रो स्वाभिमान राष्ट्रियतालाई आक्रमण गर्ने पत्रकार सुधीर चौधरीलाई तपाई हामी जस्ता देश प्रेमि हरूले ठाँडो प्रश्न गरि रहेका थियौँ। हाम्रो ठाँडो प्रश्न चौधरी को कानमा ठोकिएकै हो। आजबाटै मैले माउन्ट एभरेष्ट भनेर कुनैपनि सब्द लेख्ने बोल्ने गर्न छैन।

यो अंग्रेजले राखेको नाम हो। अर्को कुरा भारत भन्ने नाम नेपाल बहाएक अन्य देशले चिन्दैनन् इण्डिया भनेपछि हरेक देशले चिन्छन् यो इण्डिया नाम अंग्रेजले राखि दिएको हो यसले मैले इण्डिया नाम प्रयोग गर्दैछु। हामीले सगरमाथा नामले चिन्नुपर्छ चिनाउनु पर्छ। यही नाम ठुलाठुला बोडहरूमा लेख्नुपर्छ। यही नाम प्रयोग गरि बोल्नुपर्छ। हाम्रो सगरमाथालाई हलानो नाम राख्नुपर्छ फलानो नामकरण गर्नुपर्छ। ढिस्कानो नामकरण गर्नुपर्छ। भन्ने र राख्ने हामी आम नेपाली र नेपालको बहाएक अन्य देशहरूको कुनै पनि हक र अधिकार छैन्। यो हाम्रो सम्पति हो भन्ने यथार्थलाई हरेक नागरिकले आफ्नो मस्तिष्कमा सेभ गरि राख्नुहोस् हाम्रो सगरमाथामा कसैले गलत दृष्टिकोण लगाउन कुनैपनि हालतमा पाउँदैन। तर आज यी सुधीर चौधरीले लगाएका छन। यसको फलपनि पाउँने छन।

इण्डिया जीन्युज पत्रकार सुधीर चौधरीले माफि मागेका छैनन्। उनले नेपाली दर्शकहरूको मनमा ठेस पुर्याउने छैन् भन्ने जस्ता सामान्य कुरा भनेका छन। मत्लब हाम्रो आँखामा छारो हाल्ने काम मात्र हो यही कुरा नेपाली अनलाईनहरू सुधीर चौधरीले माफि मागेका छन भनेर लेखेका छन। हाम्रो आँखामा थप छारो हाल्ने काम आफ्नैले गर्छन। सगरमाथाको मापन मत्लब उँचाइ नाप्ने पहिलो ब्यक्ति राधानाथ सिकदर थिएँ भनिएको छ। यहाँ यहीँ अनुसार ईण्डियाले सगरमाथालाई माउन्ट सिकदर नाम राख्नका लागि सोसल मिडियामा ह्याँज indiaForMtsikdar ट्याग लगाएर अभियान नै संचालन गरेको छ।

भोलि यो अन्तराष्ट्रिय बुद्दा बन्न पनि सक्छ। किनभने सगरमाथामा विश्वको नजर छ। त्यसकारण यो हाम्रो लागि बाधक र घातक हो पत्रकार सुधीर चौधरीले यो नबिर्सिनु कि तिम्रो देशलाई शुरक्षित राख्न हाम्रा देशका नौं जवान बिर गोर्खाली ह’ति’यार बोकेर तैनाथ छन। राष्ट्रियताका पक्षमा एकजुट हुन्छन्। अरूको सम्पत्तिलाई मनलाग्दो ढंगले कसैले नाम राख्न प्रयोग गर्न कदापी पाउँदैन। इण्डियाले नेपाललाई बिगतमा पनि यसरी नै दादागिरी देखाएको थियो अहिले पनि दादागिरी देखाई रहेको छ। यहाँ सुधीर चौधरीले कहिँकतै पनि मलाई माफी दिनुहोस् भन्ने सब्दहरू बोलेका छैन् उल्टै माउन्ट सिकदर नाम राख्ने अभियानमा जोर दिएका छन्। अब यसमा हामी गम्भीर हुनुपर्छ। यो सामान्य होईन यो हाम्रो राष्ट्रियताको सवाल छ। हामीले सगरमाथाको नाम बदलेर नयाँ नाम राख्दा सोही नाम अनुसार विश्वले बोल्नुपर्छ,चिन्नुपर्छ। तपाईको के ब्यक्तिगत सम्पतिलाई कसैले यसो गर्छु उसो गर्छु भन्दा तपाई चुप बस्न कदापी सक्नु हुन्न नि हो त्यस्तै यो सगरमाथा भनेको आम नेपालीको सम्पति हो। हामी माथि अन्याय र अत्याचारको लाठी बर्सिदा हिँजो त हाम्रो शिर झुकेन भने आज झन झुक्ने कुरै हुँदैन,बोल्नैपर्छ लड्नैपर्छ।#हाम्रो_सगरमाथा