फ्यानबाट घेरिए राजेन्द्र खड्गी, मौलिक बाजागाजासहित भयो यस्तो रमाइलो (हेर्नुस् भिडियो)

बिहिबार माघे संक्रान्तिका दिन नेपाली फिल्मका चर्चित भिलेन एवम् द्धन्द निर्देशक राजेन्द्र खड्गी काठमाडौंस्थित शंखरापुरमा टिपटप सजिएर आइपुगेका थिए ।

इन्द्रायणी युवा समाजले आयोजना गरेको बृहत साइकल ¥याली, पदमार्ग निर्माण तथा आन्तरिक पर्यटन प्रवद्धन अभियानको औपचारिक घोषणा कार्यक्रममा विशेष अतिथि बनेर आइपुगेका खड्गी देख्नासाथ पुरा गाउँ नै उनीसँग झुमियो ।

कार्यक्रममा जसरी उनको इन्ट्री भयो, विदाइ पनि त्यस्तै भव्यसँग भयो । केही कलाकारसँग समाजले खड्गीलाई सम्मान त ग¥यो नै सँगसँगै खड्गीले पनि आफ्नो बन्दै गरेको नयाँ नेवारी फिल्म चिक चाको पैसा खान गाह्रोको एक गीतमा गाउँका दर्जनौ कलाकारलाई अवसर दिने घोषणा नै गरे ।

त्यसपछि त माहोल झन रमाइलो बन्यो । स्थानिय नेवारी बाजागाजासहित खड्गीलाई भव्य सत्कार गरियो । फोटो र सेल्फी खिचाउनेको त घुँइचो नै थियो ।

दृश्य देख्दा लाग्यो, खड्गीको मौलिक बाजागाजा र संस्कृतिसँगको प्रेम गज्जब रहेछ । बाँकी के के भयो, आफै हेर्नुस् हाम्रो कला टिभीले कैद गरेका यि रमाइला दृश्यहरु |