उपन्यास लभइन जेहसलम : एक दृष्टि

–प्रा डा जर्नादन आचार्य
२०७७ साल आश्विनमा पैरबी वुक हाउस पा ली पुतली सडक काठमाण्डौ वाट प्रकाषित कल्पना खरेल द्धारा लिखित उपन्यास लभ इन जेरु सलम हात परेको पनि झण्डै झण्डै एक महिना पुग्न थाले छ । आफनै व्यक्तिगत बेफुर्षदीका कारण एकै बसाइमा यो उपन्यास हेर्न समय मिलेको थिएन । तर किताव र यसको शिर्षकले नहेरी छुट्टि दिएन त्यसैले केही समय खर्चेर भएपनि यसलाई आद्योपान्त पढे । त्यो पढाईले यो सानो आलेख तैयार गर्न प्ररित ग¥यो । यो छोटो आलेख यो उपन्यास बारेको मेरा अनुभुतिहरुको सानो सगांलो मात्र हो । म कुनै आधिकारीक समालोचक वा आलोचक पनि हैन । त्यसैले यो उपन्यास पढ्दा पाठको हैषियतमा मैले जे भेटे तीनै अनुभुतिहरुलाई समेटेर यो छोटो लेख तयार भयो ।

पैरवी बुकस प्रा.ली काठमाण्डु द्धारा प्रकासित यो उपन्यासको वाहय आवरण देखि लिएर केही साना प्राविधिक कमि कमजोरी वाहेक सबै प्रशसनिय छन् । यस उपन्यासको शिर्षक रोचक हुनुका साथै युवा पिडीका पाठहरुलाई आकर्षण गर्न सफल हुनेमा म विश्वस्त छु । लेखक कल्पना खरेल यस क्षेत्रकै स्थापित कथाकार, उपन्यास लेखिका का अतिरिक्त शफल गितकार पनि हुन । भने ‘‘लभ इन जेरुसलम” भन्ने उपन्यासले आउँदा दिनमा उनलाई उपन्यासकारका रुपमा स्थापित गर्ने छ भन्नेमा म विश्वस्त छु ।

यो उपन्यास (२३० पृष्ठ) को र पैतिस भागमा विभक्त छ । हरेक खण्ड विशिष्ट खाले छन । यस उपन्यासले संक्षिप्तमा समग्र इजराइललाई समेटेको छ । विदेश नगएकाहरुका लागि उपन्यासमा परदेशको जीवन शैली र त्यो परिवेशमा एउटा नेपाली नारीले भोग्नु पर्ने कथा र व्यथा र समेटिएका छन् । विदेश जानु पर्ने वाध्यताहरुवारे उपन्यासकारले दुखेसाहरु समेटेकी छन । वाध्यताले थिच्यो मलाई, भाग्यले मिच्यो मलाई दोष कसलाई दिनु छ र जिन्दगीले किच्यो मलाई (पेज ९)पराया देश , फरक संस्कार र फरक परिवेषबाट विदेशीएकी एउटा नारीलाई आईपर्ने कतिपय समस्या वारे उल्लेख छ । भने अर्कोतिर नेपाली समाज र सरकार प्रतिको आक्रोश पनि उत्तिकै छ । (पेज ११) नेपालमा रोजगारी छैन । के गरेर वस्ने ? पहुचहुनेको चल्छ । राजनिति गर्नेको चल्छ । जसको पावर छ उसैको रजाई छ । समाजमा व्याप्त विसगति बारे कटाक्ष गदै सर्वसाधारणको केही छैन । योग्यताको भ्यालु छैन । पावर र लिङ्क चल्छ । राजनीति हावी छ । जताततै ‘‘भ्रष्टाचारले चुर्लुम्मै डवाईसक्यो देश” भन्दै नेपाल र याहाँको राजनीतिक व्यवस्था माथि सरल र सामान्य पाराले व्यग्य कसको छ । भने रमाउन सक्नु पर्ने रहेछ ।

जिउन जान्नु पर्ने रहेछ । (पेज.२७) भन्दै परिस्थिसँग जुध्नु र त्यसको सामनागर्ने हौसला प्रदान गरेको देखिन्छ । एंव क्रमले उपन्यास पढदै जादा रोजगारीका लागि विदेशीने युवा युवतीहरुलाई यस उपन्यासले विविध मन्सायले इस्राइल जान चाहने जोकोहीलाई त्यहाँको समाज, ठाँउका र परिवेष वारे जानकारी उपलब्ध गराएको छ । यो उपन्यासले घर परिवार वाट टाढा रहदाँको पिडा, सामाजिक असुरक्षा अनि एउटा महिला वा पुरुषमा एक अर्को प्रति हुने आकर्षण र त्यो वढ्दै गएर प्रेममा परिवर्तन हुने सम्बन्ध बारे पनि खुल्ला दिल्ले यसरी व्यक्त भएको छ । प्रेम आफै हुदो रहेछ । प्रकृतिको नियम यस्तै । न जातभात हर्ने प्रेमले, नभूगोल …..न आफ्नो भाषा चाहिने…….न त रुप छ प्रेमको नत आकार ( पेज ३५ ) भन्दै प्रेम र त्यसवाट हुने आनन्द वारे उपन्यासकारको विचार कुनै प्रेमरसको दार्शनिक भन्दा फरक देखीदैन । एव क्रमले यो उपन्यासमा वयस्क पाठकहरुलाई मनपर्ने सामाग्रिहरुको पनि प्रचुरता छ । भने पछाडीका भागहरुमा विदेशका काम गर्दाको पिडा अनि घर प्रतिको जिम्मेवारीको मारमा च्याँपिएका एकथरी महिलाको आक्रोस पनि समेटिएको छ ।

उपन्यासको अर्को पाटो भनेको शसस्त्र द्धन्दको बेला गाउँ घर तिर दिन दिनै जस्तो देखा पर्ने हतियार धारी लडाकुहरुको हुल अनि उनिहरु कै हप्काईमा उनीहरुलाई नै मिठो मसिमो खवाउनु पर्ने, स्वागत गर्नु पर्ने जस्ता बाध्यात्मक ग्रामिण परिवेष र त्यसवाट जोगिनका लागि सबै विर्षेर लाचार भएका गाउँवासीको व्यथा पनि समेटिएको छ । उपन्यासकारमा स्वदेशी पुरुष र उनीहरुका व्यवहार र उनीहरुको हैकमी स्वभाव प्रति आक्रोस समेटिएको छ भने रोजगारका लागि विदेशीएका नेपाली पुरुष कामदार वा महिला कामदारहरुले भाषा वा अन्य कागजी प्रकियाका कारण दैनिक जसो सामना गर्नु पर्ने समस्या र इमिग्रिएनको झन्झट वारे पनि उपन्यासमा चर्चा गरिएको छ भने इजराइलमा विदेशि महिलालाई उपलव्ध हुनसक्ने ‘‘गर्लफ्रेण्ड भिसा” वारे पनि चर्चा गरिएको छ । जसले ‘‘ लिभिङग टुगेदर” लाई कानुनी मान्यता प्रदान गर्ने जस्ता कुरा समेटिएका छन् । जसले गर्दा पाठकहरुलाई उपन्यास प्रति थप कौतुहल प्रदान गर्दछ ।

समग्रमा ‘‘लभइन जेरुसलम” सबै वर्ग र उमेर समूहका महिला र पुरुषहरुका लागि पठनिय त छदै छ त्यस माथि विवाह सम्पन्न भएको केही दिन मै तरुनी पत्नि वा पतिलाई छाडी परदेश जानुको मानसिक पिडा एकातिर हुन्छ भने अर्को तिर यौन कुण्ठाका कारण हुने शारीरिक र मानसिक पिडाको कथा पनि वेग्लै छ । प्रस्तुत उपन्यासले महिला मनोविज्ञान वारे पनि प्रकाश पारेको छ भन्दा ठिकै होला । ( पेज.१९२ )

समग्रमा एउटा पाठको नजरमा यो उपन्यासले समकालिन नेपाली समाज, त्यसवाट उव्जिएका सामाजिक तथा पारिवारीक विखण्डनको अवस्था अनि पति वा पत्निको विदेश वसाईले हुने पारिवारीक विघटन अनि वावु आमा माझको मनमुटावका कारण वाल वालिकाहरुमा पर्ने नकारात्मक असरका सम्बन्धमा पनि यस उपन्यासकी लेखिकाले चर्चा गर्नुभएको छ । जसले समाजको भयावह स्थिति वारे पाठकलाई समेत सुसुचित गर्ने काम गरेको छ । यो उपन्यास ‘‘लभ इन जेरुसलम” सबै उमेरका पाठहरुका लागि पठनिय र मननिय भएको मैले पाएको छु । आधुनिक समकालिन उपन्यासहरु यथार्थ परक र वास्तविक घटनामा आधारित भएर लेखिएको पाइन्छ । जसमा सुखद र दुखदका घटनाहरु पनि समावेष गरिएका हुन्छन । जो निकै मनमोहक वा घिनलाग्दा पनि हुन सक्छन । आधुनिक युग