ठकुरीको तिनपाने सार्वजनिक

गायक अविनाश ठकुरीको तिनपाने गीतको भिडियो सार्बजनिक भएको छ । संगीतकार मनोज चौलागाईको शब्द संगीत तथा एरेञ्ज रहेको यस गीतमा मरुभुमि नारायणको छायांकन रहेको छ । क्रिस पाण्डेको कोरियोग्राफी रहेको यस गीतमा अविनाश ठकुरी र अनिता श्रेष्ठले अभिनय गरेका छन् ।

अविनाश ठकुरीकै निर्देशन रहेको भिडियोलाई रोशन धितालले सम्पादन गरेका हुन् । भिडियो ए.जे. फिल्मी टीभीको युटुव च्यानलबाट सार्बजनिक गरिएको हो ।