हमाललाई महानायक नमान्ने राजेन्द्र खड्गीको उद्घोष (भिडियो) भन्छन्ः फिल्म नपाउँदा मैले नै खेलाएको हुँ !

द्वन्द्व निर्देशक तथा कलाकार राजेन्द्र खड्गीले अभिनेता राजेश हमाललाई महानायक नमान्ने घोषणा गरेका छन् । यसअघिका विभिन्न अन्तर्वार्तामा हमाल एक मात्रै नेपालको महानायक बोल्दै ाएका खड्गीले यो पटक विवादित अभिव्यक्ती दिएका हुन् ।

हालै गरिएको एक भिडियो अन्तर्वार्तामा खड्गीले नेपालमा कलाकार नभइ दर्शकहरु महानायक भएको भन्दै कलाकारहरुको नाममा आउने पदवीलाई भोडिङ प्रणालीमा लैजानुपर्ने समेत बोलेका छन् । राजेश हमालले फिल्म नपाएको समयमा आफुले फिल्म दिलाएको भन्दै खड्गीले उनि महानायक नभइ आफ्नो लागी ‘राजेश हमाल’ मात्रै रहेको समेत तर्क गरे ।

फरक प्रसङ्गमा उनले आफुलाई एक असफल प्रेमीको ट्याग दिएका छन् । युवा अवस्थाको पटक पटकको प्रेम सफल नभएको भन्दै दुई श्रीमतीका पति खड्गीले उपत्यकाको काठमाडौं र ललितपुरमा ससुराली बनाइसकेको भन्दै तेश्रो ससुराली भक्तपुर बनाउने ब्याङ्ग्यात्मक टिप्पणी समेत गरेका छन् ।

खड्गीसँगको केहि रमाइलो केहि रोचक प्रसङ्गसहितको अन्तर्वार्ता भिडियोमाः