१९ वर्षमा ३ फिटकि लक्ष्मी टिकटकमा भाईरल (भिडियो सहित)

ईटहरी /पछिल्लो समय टिकटक एउटा यस्तो माध्यम बन्यो जसले गर्दा धेरै मानिसले आफ्नो प्रतिभालाइ बाहिर ल्याउने र आफु हिट हुने असबर पाए भने धेरैको त् आफ्नो करियरको सुरुवात नै टिकटकबाट भयो भन्दा फरक नपर्ला त्यस्तै पुर्ब बिर्तामोडकी लक्ष्मी सिवाकोटी पनि टिकटकमा भाइरल बनेकी छिन। उमेरले उनि १९ वर्ष भएतापनि उचाइमा भने ३ फिट छिन । जन्मजात नै असक्त भएकी लक्ष्मी सिवाकोटीको परिवार पछिको साहारा भनेको नै उनको लठ्ठी हो । यसको लागि तलको भिडियो हेर्नु होला :

उनको उपचार पनि नभएको होइन, उनको १०-१२ पटक अपरेशन भइसकेको र अब कम्मर मुनि भने कुनै अपरेशन गर्ने ठाउँ नभएको समेत उनले हामी सँगको कुरा कानीमा बताएकी छिन् । उनी हेर्दा शारीरिक रुपमा असक्त भए पनि उनी धेरै मानिसका लागि उदाहरण भएर अगाडि बढ्ने र आफ्ना धेरै सपनाहरु पूरा गर्ने समेत उनले बताइन् ।

टिकटकमा करीब ४ लाख फलोअर्स कमाएकी उनलाई पढाइको विषयमा कतिको फलोअर्स छन भनेर सोध्दा पढाइमा त्यस्तो धेरै राम्रो नभई सामान्य मात्र भएको उनले हामीसँगको कुराकानीमा बताइन उनी टिकटकमा अभिनय गर्न मात्र नभई गीत गाउन पनि उतिकै माहिर छिन् भने आफ्ना साथीभाइको सहयोग लिएर टिक टक बनाउने गर्छिन् । उनको एक्सप्रेशन सबैका लागि तारिफयोग्य छ ।