सुनोद श्रेष्ठ र एन्जी मुल्मीको “बरालिँदै हिँडे” सार्वजनिक (भिडियाेसहित)

अष्ट्रेलियन टेलिभिजन च्यानल सेभनका प्रसारण हुने विनर एण्ड लुजरको संस्करण र अष्ट्रेलियाकै टेलिभिजन एसबिएस मार्फत प्रसारण हुने टेलिफिल्म विल्फेर्ड द डगमा समेत अभिनय गरेका र सात समुन्द्र पारी, बिर्सन सक्दिन, तिमी र म लगायत आधा दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेका मोडल सुनोद श्रेष्ठको “बरालिँदै हिँडे” म्युजिक भिडियो सार्वजनिक भएको छ । त्यस म्युजिक भिडियो अष्ट्रेलियाको मेलवर्नमा छायाँकन गरिएको हो ।

श्रेष्ठले हास्य टेलिश्रृखंला उत्पादन गर्ने कमेडी टेलिभिजनको ओपन स्यालदरमा पनि काम गरिसकेका छन् । उनले अस्ट्रेलियाको च्यानल नाइनमार्फत प्रशारण भएको ग्यालोपोली बारमा गोर्खालीको रुपमा गरेको अभिनय गरेर चर्चा कमाएका थिए । सुनोदले सन् २०१६ मा अष्ट्रेलियन फिचर फिल्म “द मेन कफ मेथोड” मा पनि अभिनय गरेका थिए ।

“बरालिँदै हिँडे” गीत सागराजले लेखेका हुन् भने यसमा संगीत पनि उनकै छ ।

म्युजिक भिडियोको छायाँकन सुनेश श्रेष्ठ र साकार शाहीले गरेका हुन् । म्युजिक भिडियोमा सुनोदलाई एन्जी मुल्मीले साथ दिएकी छिन् । श्रेष्ठ र मुल्मीलाई नृत्यमा सुजना भारती, वर्षा तिलिजा पुन, प्रशान्त श्रेष्ठ र विशाल परियारले साथ दिएका छन् । गीतको कोरियोग्राफी सुनिल पराजुलीले गरेका छन् ।

त्यसैगरी, प्रडक्सन्समा कुटुम्बका राजुु महर्जन र बाँसुरीमा कुटुम्बकै रुबिन श्रेष्ठले साथ दिएका छन् । गीतमा प्रदीप जोशीले ब्याकग्राउन्ड स्कोरिङ, समिक सापकोटाले एरेन्ज र मिक्सिङ गरेका छन् । गीतको भिडियोलाई सुनेश श्रेष्ठ र साकार जोशीले खिचेका हुन् भने दृश्य सम्पादन सुप्रिम पराजुलीले गरेका छन् । यस भिडियोको प्रोड्युुसर तथा परिकल्पनाकार मोडल सुनोद श्रेष्ठ नै हुन् । अस्टेलियाको मेलवर्नमा छाँयाङ्कन गरिएको भिडियोलाई सुशिल चालिसेले निर्देशन गरेका हुन् ।