तनहुँ सेवा समाज कतार द्वारा न्यानो अभियान

नबराज बि क / दोहा
वैदेशिक रोजगारीको क्रममा कतारमा कार्यरत तनहुँबासीहरु सामाजिक कार्यमा सकृय हुदै तनहुँ सेवा समाजमा आबद्ध भइ बिगतका बर्षहरु झै यस पटक पनि गृह जिल्लामा न्यानो अभियान अन्तर्गत सबै नगरपालिका र गाउँपालिका लाई समेट्दै निम्न आय भएका बिपन्न ७० परिवारलाई ब्यालेकेट (सिरक) सहयोग प्रदान गर्न लागेको समाजका अध्यक्ष नारायण ढुङ्गाना ले बताउनु भयो ।

समाजले विभिन्न समयमा स्वदेश तथा बिदेशमा रहेका समस्यामा परेका नेपालीहरुमा सहयोग गर्दै रचनात्मक कार्यहरू समेत गर्दै आइरहेको छ । मानबिय कार्यमा सानो सहयोग होस् भन्ने हेतुले जिल्लाबासीहरु मिलेर सस्थागत रूपमा सहयोग जुटाइसकेको छ । गृह जिल्ला स्थित सबै स्थानीय तह सग समन्वय गर्दै सहयोग हस्तान्तरण गर्न लागेको महासचिव मिनराज वाग्ले ले जानकारी दिनुभयो ।