उखु किसान प्रतिको उपेक्षा र नेपालको उर्जा शंकट

डा. रामहरि पौड्याल
“सानो छ खेत सानो छ बारी सानो छ जहान
सानो छ देश ठूलो छ सरकार अटेन किसान।”

नागरिक न्युजका सम्पादक गुणराज लुइटेलले फेसबुक पेजमा कबि दैबज्ञराज न्यौपानेका कबिताम्सलाई उखु किसानको दुखमा घोलेर मिसायिएको नारा सहितको ब्यानर लिएका उखु किसानहरुको तस्बिर पोस्ट गर्नु भो। मलाई चसक्क छोयो र मैले तुरुन्त प्रतिउत्तर लेखे। “जनबादी सरकारमा किसान होइन माफिया अटेपछि। चोर ब्यापारीलाई ल्याएर किन थुन्दैन सरकार। तिम्रा साम्यबद्का पर्दा अब यिनै किसानले च्यात्ने छन्।” त्यतिले मन थामिएन एउटा आर्टिकल लेख्ने निधो गरें ती दुखि उखु किसानहरुका बारेमा।तिनीहरुको श्रमको मुल्यालाई नैतिक समर्थन गर्ने अभिप्रायले। उखु किसानहरुको महत्वोलाई बुजाउने मनसायले।

उखु किसानसंगको मेरो सानिध्यता त्यतिखेर बढ्यो जब मैले बेलायतको स्वान्जी युनिभर्सिटिमा सन् २०१५ मा पीएचडीको अध्ययन सुरु गरे।त्यतिखेर देश १८ घन्टाको दैनिक लोड शेडिंगले आक्रान्त थियो दशकौं देखि। जलश्रोतको बिशाल भण्डार भएको देश यसरि बर्षौं अन्धकारमा रुमलिएको देखेको एउटा बिजुली इन्जिनियर मेरा लागि एउटा चुनौती बनेर रही रह्यो बर्षौंसम्म। त्यसैले यो चर्को लोड शेडिंग हटाउने उपाए सोच्ने बिचारले मेरो सोधको बिषय बन्यो नेपालको उर्जा संकटलाई कसरि समाधान गर्ने भनेर?यसका लागि मैले ५ वटा तरिकाहरु च्याप्टरका रुपमा अपनाए– पहिलो नवीकरणीय उर्जाको अत्त्यधिक प्रयोग गर्ने, दोश्रो लँगरेञ्ज इनर्जी प्लानिंग सफ्टवेरबाट उर्जाको माग र आपूर्तिको आंकलन गरे|

सन्२०४२सम्म उर्जाको स्थिति के होला भनेर नापे| त्यसपछि अर्को नेपालमा ३००दिन घाम लाग्ने आकास, चर्को सोलार रेडियसन भएर पनि खाली उर्जा भनेको हाइड्रो मात्र होइन यो सोलार उर्जा सौता होइन उर्जा मिश्रणका साथि हुन् भन्ने प्रमाणित गर्न सोलार मोडलिंग गरेर काठमान्डौका घरहरुका छानामा ३०० मेगावाट बिजुली ६ मैनामा निकाल्न सकिने बताए| अर्को बिजुलीको हाहाकार भएको देशमा हुने बिजुली चोरी, पावर हाउसबाट ग्राहकको घरमा आउँदा बाटामै हराउने बिजुली चोरी र सिस्टम लसको बारेमा खोजीनिती गरे|अन्तिममा धेरै बिजुली खाने सिमेन्ट, स्टिल चीनी कारखानाहरुलाइ कसरि कम बिजुलीमा चलाउने र ड्राइ सिजनमा सुगर मिलले कसरि लोड शेडिंगलाई मद्धत गर्छ भन्ने केस स्टडी गरे|मेरो यो अनुभवलाई मैले नेपाल इञ्जिनियरिङ्ग एसोसिएसन,पुल्च्वोक क्याम्पसको सेन्टर फर इनर्जी स्टडिज, हेटौडा र उदयपुर सिमेन्ट हुँदै अस्ति गैर आवासिय नेपालीहरुको एसिया प्यासिफिक शिखर सम्मेलनमा समेत प्रस्तुत गरें। अर्को एनआरएनएको नेसनल कन्भेन्सनमा डा.विनायक भण्डारीको सम्योजक्त्वोका १५ सदश्यीय सस्टेनेबल इनर्जी सिम्पोजियम तयारी कमिटीमा रहेर मैले आफ्नो अनुभब बाडे।

मैले अध्ययनको क्रममा थाहा पाएँ उखुको छोक्रालाई पुनर्प्रयोग गरेर त्यसबाट बिजुली निकाल्ने प्रबिधि। मलाई उर्जाको स्तरोन्नतिको एउटा तरिका औधोगिक फोहरलाई मोहरमा बदल्ने र बिजुली निकाल्ने। उर्जाको स्तरोन्नति मेरो विद्यावारिधिको एउटा चाप्टर बन्यो। यो क्रममा मैले एउटा केस स्टडी गरे देशका ठुला र धेरै बिजुली खपत गर्ने उद्योगहरुलाई छान्ने क्रममा सिमेन्ट उद्योग र चिनी उद्योगमा मेरा दृस्टी परे।

त्यसो त् म उदयपुर सिमेन्ट उद्योगसंग संग्लग्न थिए। मैले त्यसैको केस स्टडी गरे। उदयपुर पुगें। सबै पुराना साथि भाइहरुलाई भेटें। उद्योगको निरक्षण गरे। आबश्यक डेटाहरु जम्मा गरियो। कसरि थोरै उर्जाले धेरै उत्पादन गर्न सकिन्छ भनेर सबैजनासंग उद्योगको सभा हलमा अन्तरक्रिया सम्पन्न गरियो। उदयपुरको उर्जाको स्तितिलाई अन्तरास्ट्रिय उद्योगहरुसंग दाँजेर हेरियो। यो क्रम मैले हेटौडा सिमेन्टमा पनि दोहोर्याएँ। मेरा दुईवटा पेपरहरु अझै अन्डर सिभ्यु छन् इनर्जी इफिसियेंसी सम्बन्धि।

नेपालका सिमेन्ट उद्योगहरु भारतका भन्दा दोब्बर र चीनका भन्दा तेब्बर बढी मूल्यमा उत्पादित हुने हुँदा नेपालको सिमेन्टले अन्तरास्ट्रिय र क्षेत्रीय सिमेन्टसंग प्रतिस्प्रधा गर्न नसकेको कुरा मैले तथ्यगत रुपमा बुजाए। नेपालका समग्र उद्योगको क्यापासिटी युटिलाइजेसन जम्मा ५४ प्रतिसत रहेको छ। यसको कारण हाम्रो उर्जाको आपूर्ति नियमित नहुनु हो। सिमेन्ट स्टिल जस्ता ठुला उद्योगमा बेला बेलामा बिजुली जाने समस्याले त्यसको उत्पादनमा ठूलो प्रभाब पर्दछ।

उर्जा दक्षताबाट २०प्रतिसत उर्जा बचत हुने तथ्यांक प्रस्तुत गरे|देशले बर्षको ३ खर्ब रुपैया उर्जामा भारत पठाऊछ त्यसको २0% उर्जा उर्जा दक्षेताको प्रयोगले बचाउन सकिन्छ | ३ खर्बको २० % ६० अर्ब हुन्छ यसरि ५ बर्षमा मेरो उर्जा बचतको हिसाबले ३००अर्ब बच्दछ|त्यो बूढी गण्डकी बन्ने पैसा हो आज हामी बुडी गण्डकी बिना प्रतिस्प्रधा चाइनालाई खुसि पार्न केहि अर्बको चुनाबी खर्चको लागि बेची रहेका छौ| हिजो के पी ओलीले आफैले बनाउने भनेर पेट्रोलियममा ५ रुपिया कर लगाएर ६० अर्ब उठी सकेको अबस्थामा राम्रो फिजिबल प्रोजेक्ट चिनलाई, राम्रो अरुण तेश्रो भारतलाई दिन हान थाप किन हुन्छ यो बुज्न आबस्यक छ|अर्कातिर नेपालको उर्जा केवल ठूला जलबिध्युत परियोजनाहरुमा मात्र सीमित हुनु र तिनको निर्माण कार्य दशकौं सम्म नसकिनु अर्को दुर्भाग्य भएको छ।

हाइड्रो पावरमा मात्र भर परेको हाम्रो विद्युतीय प्रणाली त्यतिखेर समस्यामा पर्दछ जब सुक्का याममा नेपालका नदि प्रबाही जलबिध्युत परियोजनाहरु आफ्नो क्षमताको आधा भन्दा पनी कम उत्पादन गर्नु पर्ने स्थितिमा गुज्रनछन। यो समस्यालाई कसरि समाधान गर्न सकिन्छ ? भन्ने मेरो खोज र अध्यनको क्रमले मलाई उखु किसानको नजिक पुरायो। दुखको कुरा यो देशले १५ मेगावाटको कुलेखानी तेश्रो बनाउन १४ बर्ष लगायो तर देश भरिको चिनी कारखनाबाट १५० मेगावाट बिजुली ६ मैनामा बनाउन सकिन्छ तेता हाम्रो ध्यान पुगेको छैन| हाम्रो ध्यान अरबौंको चिनी आयातमा छ र त्यसबाट मिल्ने कमिसनमा छ | हाम्रो ध्यान उखु किसान प्रति होइन सुगर फ्याक्त्रिका मालिक पट्टि छ | अझ माथि भारतीय सुगरलाई बजार दिएर आउने कमिसनमा छ|जब जब नेपालीहरु दशैँ तिहार जस्ता चाहड़ आउछ अनि सुरु हुन्छ चिनीको खेल उखु किसानलाई गरिने झेल |

नेपालमा भएका सबै चिनी उद्योगबाट१५० मेगावाट बिजुली निकाल्न सकिँदो रहेछ। त्यो बिजुली ठिक त्यहि बेलामा निकाल्न सकिँदो रहे छ जुन बेलामा नेपालका हाइड्रो पावरको क्षेमता घटेर पातालमा पुगेको हुन्छ। नेपालमा चिनीकोे उत्पादनको सिजन मङ्सिरदेखि चैतसम्म हो। चर्को हिउँदमा भारतबाट डर्टी कोलको बिजुली ५०० माइल परबाट बर्षको अरबौं हुइलिङ्ग चार्ज मात्र तिर्नु पर्ने महँगो बिजुलीले लोड शेडिंग घटाएको जस लिने सरकारहरुको ध्यान यो चिनी कारखानालाई अभिप्रेरित गरेर बिजुली निकाल्ने तिर किन जादैन? नेपालमा चिनीको वार्षिक खपत २ लाख ५० हजार टन रहेको छ । जसअनुसार यस वर्ष ५० हजार टन चिनीको अभाव छ।

यसरि चिनी कारखानालाई प्रमोट गर्दा त्यसका कच्चा पदार्थको रुपमा रहेका हजारौ किसानहरुलाई सहयोग गर्नु हो। कृषि प्रधान देशमा उखुका किसानहरुले हरेक बर्ष आफूले बेचेको उखुको मूल्य उठाउन सिंह दरवारमा आएर रुनु पर्ने यो कस्तो लोकतन्त्र हो ? यो कस्तो गणतन्त्र हो ? कस्तो समाजबादी शाशन हो ? यसका नेताहरु कसका प्रतिनिधिहरु हुन् ती दुखि किसानहरुका वा मुट्ठीभर सामन्त र उद्योग पतिहरुका ? आज जनताले छर्लंग बुज्ने नजिकबाट चिन्ने अवसर पाए। ब्यथिति यस्तै रहे किसानले पाउनु पर्ने ९० करोढमा समेत कालाबजारिया चिनी मालिकहरुको कमिसनमा बिक्ने सरकारसंग जनताले कसरि महामारीमा राहतको औसधोपचारको भोलि कोभिड भ्याक्सिनको अपेक्षा गर्ने ?

नवीकरणीय उर्जामा सरकारको उदासिनता – यो सरकार उर्जाको बिकास त्यसको नबिकरनिय बिस्तार र स्तरोन्नतिमा कसरि आफ्ना योजनाहरु लागु गर्दै छ भन्ने केहि प्रतिनिधि उदाहरणहरु हेरौं- जलविद्युतमा प्रधानमन्त्रीको हुकुमी शैली,वनका फाइल रोजी–रोजी मन्त्रिपरिषद्बाट स्वीकृत शीर्षकमा उर्जा खबर लेख्दछ-“ओलीले आफू निकट वा पूर्वएमाले निकट व्यक्ति तथा प्रवर्द्धकका फाइल मन्त्रिपरिषद्बाट स्वीकृत गरिदिने तर पूर्वमाओवादी निकट व्यवसायीको फाइल छानीछानी पन्छाउने उनको शैली अचम्म लाग्दो देखिएको छ।सत्ताभित्र पूर्वएमाले र पूर्वमाओवादीबीचको खिचातानीले जलविद्युत् विकासमा प्रतिकूल असर पर्न थालेको छ।“ नेपालमा चिनी मिल सञ्चालनको इतिहास ३० वर्ष पुरानो छ । यस अवधिमा सञ्चालनमा आएका दुई सरकारीसहित ३१ उद्योगमध्ये २१ वटा बन्द भइसकेका छन् । एउटा उद्योगले कम्तीमा पाँच सय जनालाई प्रत्यक्ष रोजगारी सृजना गरिरहेको हुन्छ । यसबाहेक लाखौं कृषक उखु खेतिबाटै जिविकोपार्जन गरिरहेका छन्। बन्द भएका उद्योगबाट हालसम्म साढे १० हजारभन्दा धेरैको रोजगारी खोसिएको छ |

उखु किसानलाई राज्यको सुबिधाको बिदेसी नमुना – थाइलेण्डको संसदले उखु किसानलाई दियिने सहयोगको दरलाई स्वीकृत दियो भन्ने शिर्षकमा १० जुन २०२० मा बैंकक पोस्टले लेखेको छ– देशभरका तिन लाख उखु किसानलाई १० बिलियन भाटको आर्थिक सहयोग व्यवस्था गरिएको छ| जस मद्धे पहिलो ६.५ बिलियन सहयोग किसानहरुलाई उखु उत्पादन, ढुवानी गरेर सुगर मिल सम्म पुर्याउन खर्च गरिने र बाकी ३.५ बिलियन राशी ती किसानहरु जसले उखुको बाकी रहेको ठुटा ठुटिहरु बारीमा नजलाउन र त्यसले बातावरणमा प्रदुसन नबढोस भन्ने कामको लागि गरिने बताइएको छ |हरेक किसानलाई प्रति टन ८५ भाट मूल्य तोकिएको र जसले त्यो बारीमा रहेको ठुटा ठुती नजलाये बापत हरेक टनमा ७ भाट थप सहयोग दिने निर्णय गरिएको छ | सरकार किसान र वातवरणका बीचको एउटा अनुपम समन्वय नेपालले सिकोस| नेपालमा मात्र किसानले सरकारसंग आर्थिक सहयोग होइन बर्षौं देखि बेचेको उखुको मूल्य मागेका छन् |

सुगर सेक्टर राज्यले दिने आर्थिक सहयोगमा राम्रोसंग चल्न सक्छ कि सक्दैन भनेर जर्नल अफ अग्रिकल्चर इकोनमिमा संगीता र जयन्तिले गरेको अनुसन्धान अनुसार “उखु किसानहरुको वास्तविक समस्याको लागि अनुसन्धान र बिकासमा खर्च गर्नु पर्ने बताउछन| सरकारले बिउ, मल, पानी, बजार जस्ता कुराको ग्यारेन्टी गर्नु पर्ने देखिन्छ |” भर्खरै भारतमा उखुको मुल्यमा प्रति टन १० रुपैया बढाइएको छ किसानहरुलाई राहत दिनको लागि यो २८५ प्रति क़ुइण्टल भएको छ|

अन्त्यमा, बिजुली बसमा सरकारले देखाएको रमिता, बजेट भासणमा बिजुली बसलाई गरिएको उपेक्षा करको गोप्यानियता चुहाएर गरिएको कर छली, मौसमी रास्ट्रबाद झलकाउने अरुण तेश्रोको हिजो प्रचण्ड बिरोध महिनौं सम्म संसद स्थगन गरेर गरिएको रोइलो र आज आफू सत्तामा पुगेपछि गरिएको रास्ट्र्बद्को आरति | देश दशकौं सम्म्मको लोड शेडिंगमा धकलेर गरिएको स्वागत त्यसले अर्थतन्त्रमा परेको असरको अध्यन कहिले हुने हो? प्रधानमन्त्री ओलीले २०५० भित्र शून्य प्रायः कार्वन उत्सर्जनको लक्ष्यमा पुग्ने महŒवाकाङ्क्षी दीर्घकालीन रणनीतिको तर्जुमा गर्ने तयारीमा रहेको जनाउनुभएको छ ७० भन्दा बढी देश तथा सरकारप्रमुख सहभागी अनलाइन जलवायु महŒवाकाङ्क्षा सम्मेलनमा | हाम्रा भनाई र गराई बिचको तादम्यता कहिले देखिने हो ? कृषि प्रधान देशमा उखु किसानलाई गरिएको लज्जास्प्रद उपेक्षा| धान बाली लगाउँदा किसानलाई रासायनिक मल उपलब्ध नगराएर देखाएको नौटंकी |

हरेक प्रोजेक्ट र हरेक ठूला खरिदमा देखाएको भ्रस्टाचारको गन्धले देश आक्रान्त छ | एकातिर कोरोना कहर त्यसले निम्त्याएको त्रासदी अर्कातिर बिदेसबाट फर्केका लाखौँ युवालाई पुर्याउन नसकिएको रोजगारी सबैले सरकार प्रतिको तीब्र बितिस्ण्रालाई अझ उजागर गरेको छ। प्रधानमन्त्रीले विकास निर्माणका काम एउटा दल वा सरकारका पालामा सुरु भएर त्यही समयमा सकिँदैन भन्ने बुझ्न नसक्नु ठूलो दुर्भाग्यपूर्ण हो| देशको उर्जा, देशको आर्थिक, पररास्ट्र नीतिहरु जुन सुकै सरकार आएपनि एउटै हुनु पर्ने हो तर दुर्भाग्य हामीहरु मौसम अनुसारको गीत गाउछौं आफ्ना स्वार्थ र सजिला हेर्छौं। आफू कसरि सत्तामा टिकिरहने भन्ने गोटी खेली रहन्छौं। दुर्भाग्य कहिलेइ हेर्दैनौं देशको सर्वाङ्गिण विकास | बक्यौता माग गर्दै १६ दिनसम्म माइतीघरको आन्दोलनमा सहभागी ६५ वर्षीय उखु किसान सर्लाही धनकौल छोटवल टोलका नारायण राय यादवकोको हृदयघातका कारण मंगलबार निधन भएको छ ।ब्यथिति यस्तै रहे धर्ति पुत्र किसानहरुको आँसुले पोल्ने छ कुनै दिन।

After 54 minutes my presentation will be started