चैत मास पत्झरले उराठीलो वन किन किन उदासियो मेरो पनि मन !

स्कटनेपाल,
बेलायत लाइ आफ्नो कर्मथलो बनाउनुदै आउनु भएको सिता पौडेल ज्यु सामाजिक संजालमा साहित्यिक मनोरन्जनात्मक बिषय बस्तु मा निकै नै सकृय देखिनु हुन्छ । त्यस्तै उहाकै फेसबुक बाट साभार गरिएको एउटा मन छुने लेख :

बाह्र महिना 🙏लोक लय
चैत मास पत्झरले उराठीलो वन
किन किन उदासियो मेरो पनि मन
बैशाखमा पालुवाले हराभरा पाखा
डाली बसी न्याउली चरी गाउछे मिठो भाका

जेठ लायो गड्यांग गुडुङ्ग असिना र पानी
कैले फेरी चर्का घाम लाग्छन ज्यानै खानी
असार लायो किसान हरू बेशी तिर झरे
हिलो संग लडी बुडी फाँट रोपाई गरे

साउनमा झरी बादल बढे खोला नाला
सतर्कता नरहेमा धेरैको ज्यान जाला
बर्खा मास संगी साथी भेट हुन छैन
खोला वारी खोला पारी पर्छ एक्लै हुन

भदौ लायो तिज आयो रमाइला दिन
दाजु भाइले जानै पर्ने दिदीबैनि लिन
न खाएनी अघाए झै माइत गए पछि
भुरुङ्ग नाच्छन चेली तिजको ब्रत बसी

असोजमा दसैँ आयो झुल्न लाए फाँट
साथी भाई लिङ्गे पिङ लुठे पिङ बाट
कार्तिकमा झिलिमिली तिहारको लर्को
दाजु भाईका निधारमा सप्तरंगी धर्को

गाई पूजा भाई पूजा मखमली माला
तिहारका सेल रोटी कस्ले कति खाला
बच्चा देखि बुढा सबै खेल्ने देउसी भैलो
रोटी चामल दक्षिणाको बोकेकाछन् थैलो

मंसिरमा जताततै पाकेका छन् धान
सारै खुशी किशान हरू फुर्सद छैन खान
छोटा हुदै गए दिन छिटै पर्छ रात
जेठी,माइली हर्के बिर्खे मिली धान काट

पुष महिना निकै जाडो सिरेटोले खायो
भट्ट मकै मर्क्याउदै बस्न मन लायो
मह,चाकु तरुल अनि खिचडी र घिउ
यै माघमा खाए पछि बन्छ पक्कै जीऊ

फागुनमा ढकमक्क लाली गुराश फुले
माहुरी ले मह खोज्न पाखा भरी डुले
यही महिना रङ्ग छर्दै सबै खेल्छन होली
अहिले बिदा हुन्छु साथी फेरीआउछु भोली
धन्यवाद