माओवादी केन्द्रको नेवा ताम्सालिङ प्रदेशको भेला, ६ पार्टीको शुभकामना

काठमाडौं, २०७७ पुष ४ गते ।
कर्णजित बुढाथोकी नेतृत्वको नेकपा (माओवादी केन्द्र)को नेवा ताम्सालिङ प्रदेशको भेला शनिबार राजधानीको संवाद डबलीमा सम्पन्न भएको छ । भेलाले प्रकाश दाहालको नेतृत्वमा ५१ सदसिय कार्यसमिति सर्बसहमतिले चयन गरेको छ ।

सो नव–निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै सो पार्टीका अध्यक्ष कर्णजित बुढाथोकी‘शुशिल’ले वर्तमान सत्ता र प्रमुख प्रतिपक्ष नेपाली काँगे्रस दुबैमा देश र जनताप्रति उत्तरदायीत्वको भावना नभएको आरोप लागाएका छन् । सत्तशिन पार्टी(नेकपा) भित्र चरम गुटबन्धी र सत्ताको लुछाचुँडी रहनु र नेपाली काँग्रेसमा प्रभावशाली नेतृत्वको खडेरी हुनुले जनताले वैकल्पिक शक्तिको आगमनको पर्खाइमा रहेको बताउँदै त्यो आवश्यकता पूर्ति गर्न आफूहरु अभ्यासरत रहेको पनि बताए ।

वरिष्ठ नेता तिलक थापाले पनि नव–निर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिँदै देशभर जनताको भरोसायोग्य पार्टी बनाउन कार्य गर्न आह्वान गरे ।
पार्टी सचिब तथा तीन नम्बर प्रदेश इन्चार्ज मेघबहादुर खत्रीले आन्तरिक र बाह्य सकारात्मक र नकारात्मक पक्षलाई ख्याल गर्दै पार्टी र क्रान्तिलाई अगाडी बढाउन एक साथ हुनु पर्ने बताए । त्यसैगरी पार्टी सचिब अरुण घिसिङले आफ्नो पार्टीका पूर्व–अध्यक्ष गोपाल किराँतिले माक्र्सवादी विचार सिद्धान्तलाई परित्याग गरी बुद्ध धर्ममा मिसाएर पार्टी र क्रान्तिलाई धोका दिएको आरोप लगाए ।

नेकपा क्रान्तिकारी (वैद्य)का केन्द्रीय सदस्य जीवन थापा, नेपाल कम्युनिष्ट पार्टी सचिवालय सदस्य कृष्णहरि भट्ट, नेकपा मालेका केन्द्रीय सदस्य दिनेश खाति, राष्ट्रिय जनमोर्चाका बागमति प्रदेशका सचिब शिबहरि खनाल, नेकपा माओवादी र नेकपा वोल्सेभिकका प्रतिनिधी गरी ६ पार्टीलै आजको भेलाबाट निर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए । सो भेला कार्यक्रममा नेकपा क्रान्तिकारीका बैकल्पिक केन्द्रीय सदस्य गणेश गोतामे नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । उनलाई पार्टी अध्यक्ष बुढाथोकी लगायत सबैले बधाई तथा शुभकामना दिए ।

भेलाले उपाध्यक्षमा रामप्रसाद मैनाली र धरेन्द्र लामा, सचिवमा योगेश राल्फाली, मिना चन्द, भरत तुलाधर र रमेश थपलिया लगायत ५१ सदसिय कार्यसमिति चयन गरेको हो । कार्यक्रम प्रदेश समितिका नि–वर्तमान सचिव कपिल सिजापतिले सञ्चालन गरेका थिए ।