दाइजो प्रथा र मधेश र पहाडको प्रेमभावमा बनेको ‘सरला’ ( भिडियो )

आफ्ना हरेक भिडियोमा कथाको अलवा जिवन र भूगोललाई सुन्दररुपमा प्रस्तुत गरेर भिडियोलाई फिल्मी स्वरुप दिने निर्देशक विकाश सुवेदी निर्देशित म्युजिक भिडियो ‘सरला’ सार्वजनिक भएको छ । प्रलाद शाहको शब्द ,निशान भट्टराईको स्वर र सुवास भुषालको संगीत रहेको गीतलाइ भाका इन्टरटेन्टमेन्टले बजारमा ल्याएको हो ।

मधेशी समुदायमा व्याप्त दाइजो प्रथाले निम्त्याएको समस्या र पीडासँगै दुई फरक समुदायका युवायुवतीबीचको प्रेम देखाइएको ‘सरला’मा मधेशी समुदायमा हुर्के-बढेका अभिनेता नाजिर हुसेनले भिडियोमा अभिनय गरेका छन् । उनलाई अनु थापाले साथ दिएकी छन् ।

अन्तरजातिय प्रेम विवाह गरेपछि नाजिरको परिवारले दाइजो नल्याएको भन्दै अनुमाथि गरेको नराम्रो व्यवहारलाई भिडियोमा देखाइएको छ ।सागर प्रधानको क्यामेरा , जिवन थापाको सम्पादन र कलर ग्रेडिङ रहेको भिडियोलाइ सार्वजनिक भएसंगै दर्शकले राम्रा राम्रा प्रतिक्रिया दिएका छन् ।