हरितारा चलचित्र पुरस्कार प्रेस बक्तव्य

प्रेस विज्ञप्ती
हरितारा चलचित्र पुरस्कारका संरक्षक मनोज शम्सेर जबराको अध्यक्षतामा मंसिर १७ गते बसेको बैठकले २०७५ सालको हरितार चलचित्र पुरस्कार विशिष्ट चलचित्रकर्मीं अभिनेता कृष्ण मल्ल र विशिष्ट चलचित्रकर्मी नाट्यकर्मी अभिनेता मदनदाश श्रेष्ठलाई अर्पण गर्ने निर्णय गरेको छ । सोही बैठकले २०७६ सालको हरितारा चलचित्र पुरस्कार विशिष्ट गीतकार सहदेव ढुंगानालाई अर्पण गर्ने पनि नर्णय गरेको छ ।

वि.सं. २०५२ सालमा समाजसेवी श्रीमती विजया राणा (तारा नानी) ले आफु र आफ्ना पति हरि सम्सेरको नाममा अक्षय कोष राखी स्थापना गर्नु भएको हरितार चलचित्र पुरस्कार चलचित्र क्षेत्र कै पहिलो पुरस्कार हो ।

वि.सं. २०७५ सालको पुरस्कार ४ दशक भन्दा बढी समय देखि नेपाली चलचित्र क्षेत्रको उत्थान, संरक्षण र पेशाकर्मीको हक हितका साथै नेपाली कला संस्कृती, रंगमञ्च, रेडियो नाटक एवं नेपालको गौरव देश विदेशमा पु¥याउन महत्वपुर्ण योगदान गर्नु भएकाले अभिनेता कृष्ण मल्ल र अभिनेता मदनदाश श्रेष्ठलाई अर्पण गर्न लागिएको हो । यसैगरी ०७६ सालको हरितारा चलचित्र पुरस्कार ४ दशक भन्दा बढी समयदेखि गीत रचनाको माध्यमबाट नेपाली कला संस्कृती एवं गीत संगीत र चलचित्र क्षेत्रको उत्थानका लागि देश विदेशमा पु¥याउनु भएको योगदानका लागि गीतकार सहदेव ढुंगानालाई अर्पण गर्न लागिएको हो । पुरस्कारको थैली जनही पचिस पतिस हजार रहेको छ ।

यसैगरी मंसिर १८ गते बसेको परिवर्तन नेपालको बैठकले वि.सं २०७६ सालको श्री दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार संचारकर्मी राजेश खनाल र अभिनेत्री सपना श्रेष्ठलाई अर्पण गर्ने निर्णय गरेको छ । श्री दुर्गा देवी पुण्य निरौला स्मृति पुरस्कारको थैली जनही दश÷दश हजार रहेको छ । परिवर्तन नेपालको सोही बैठकले परिवर्तन सम्मान २०७६ बाट नेपाल पत्रकार महासंघ काठमाण्डौ शाखाका सचिव मोहन पन्त, निर्देशक÷अभिनेता विश्वदीप घिमिरे र निर्देशक÷अभिनेता, संचारकर्मी माधवराज खरेललाई सम्मानित गर्ने पनि निर्णय गरेको छ ।

पुरस्कार तथा सम्मानको सिफारिस मोहन निरौला, डिजाइनर सुन्दर श्रेष्ठ र संचारकर्मी÷गीतकार शान्तिप्रिय रहनु भएको समितिले गरेको हो ।

यस अघि हरितारा चलचित्र पुरस्कार मह जोडी, शिव श्रेष्ठ, विश्व बस्नेत, रविन्द्र खड्का, रमेश बुढाथोकी, भुवन थापा, करिष्मा मानन्धर, शर्मिला मल्ल, रेखा थापा आदिलाई अर्पण गरिसकिएको छ ।

डब्लु एच ओ र नेपाल सरकारको स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाएर पुषको दोस्रो सातामा दुबै पुरस्कार तथा सम्मान अर्पण गरिने कार्यक्रम रहेको छ ।

मोहन निरौला
केन्द्रिय अध्यक्ष
परिवर्तन नेपाल
तथा
सदस्य सचिव
हरितारा चलचित्र पुरस्कार
मिति ः २०७७÷८÷१९