नेपालमा पहिलो पटक डकुमेन्ट्री पन्चेबाजा गित ”हाम्रो आँपचौर” सार्बजनिक

स्कटनेपाल , बढ्दो डिजिटल प्रबिधिको प्रत्यक्ष प्रभावका कारण पछिल्लो समय केही फराकिलो बन्दै गएको नेपाली सांगीतिक बजारमा हरेक दिन विभिन्न बिधाका गीत सँगै नयाँ कलाकारहरुको आगमन तिव्र गतिमा अगाडि बढेको छ ।

यसै भिडभाड मा एक नया आवाज उदाएको छ उनको नाम हो ओम सेन्चुरी। पछिल्लो समय लोक-दोहोरी क्षेत्रमा उदाउँदो गायक, लगाव र उत्तीकै उर्जाशिल गायक ओम सेन्चुरी यतिखेर बजारमा तातिरहेका छन्।

केही समय अगाडि हाम्रो आपचौँर नामक एल्बमको भिडियो सुटिङ रिपोर्टको बारेमा केही क्लिप दिएका सेन्चुरीले यतिखेर भने पूरा भिडियो सहित बजारमा ल्याएका छन्। आपचौँरको कफि इतिहास, धार्मिक परम्परा,पर्यटकीय स्थल, रहनसहन लगायत समग्र बस्तुस्थितिको बारेमा सेन्चुरीले गीतबाट दृश्यमा उतारेका छन् ।

यस मन छुने पन्चे बाजा गितमा सुमुधुर स्वरकी धनी गायिका कमला शिर्पाली र ओम सेन्चुरी को स्वर छ भनि लय शब्द स्वयम सेन्चुरीकै रहेको छ ।

गीतको बजार ब्यबस्थापन हाम्रो गुल्मीले गरेको छ।