सुन्दा अचम्म लाग्छ, एउटै बोकाको मूल्य ४ लाख रुपैयाँ, २० करोड सम्म आम्दानि हुने ब्यबसाय गर्दै इलामका युवा (भिडियो सहित)

झापा ,दमक । एउटै बोकाको मूल्य करीब ४ लाख रुपैयाँ पर्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ तर यहाँका एक किसानले एउटै बोकालाई ४ लाख रुपैयाँमा बिक्री बिक्रि गर्न लागेका छन् । चुलाचुली गाउपालिका –४ इलाम स्थित रुपदल कृषि फर्ममा विगत २ वर्षदेखि व्यावसायिक रुपमा उन्नत जातको बाख्रापालन गर्दै आएका किसान शालिकराम साँवा लिम्बुले बोयर जातको एउटै बोकालाई उक्त मूल्यमा बिक्री गर्ने बताएका छन् ।

शालिकराम साँवा लिम्बुले सञ्चालन गर्नुभएको रुपदल कृषि फर्ममा अहिले १०० क्रस बोयर जातका बाख्रा छन् । विगत २ वर्षदेखि बोयर जातका बाख्रा पाल्दै आउनुभएका लिम्बुले ५५ लाखको लगानी बाट कृषि फर्म सुरु गरेको बताउनु भएको छ । २ बर्षको अन्तरालमा ५५ लाख बटा बढेर करोड भन्दा माथि पुगेको उहाले बताउनुभयो । त्यस्तै उहाले अन्य ब्यबसाय पनि संचालन गर्दै गरेको बताउनुभयो । २० करोड सम्मको आम्दानि हुने अर्को ब्यबसाय कस्तो हो ? तल भिडियोमा सम्पूर्ण कुराहरु जस्ताको त्यस्तै हेर्नुहोला ।