एकैदिनमा अमेरिकामा कोरोनाबाट २ लाख १७ हजार संक्रमित ,२८७९ जनाको मृत्यु

अमेरिकामा एकैदिनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख १७ हजार ६ सय ६४ पुगेको जोन्स हप्किन्स बिश्वबिद्यालयले जनाएको छ । यसै गरी एकैदिनमा मृत्यु हुनेको संख्या २ हजार ८ सय ७९ पुगेको छ । उक्त तथ्यांक गत बिहिबार डिसेम्बर ३ का दिन २४ घण्टामा लिइएको हो ।

लगातार ३१ औ दिन सम्म हरेक दिन १ लाख भन्दा बढी नयाँ थप कोरोना संक्रमितहरु थपिदै गै रहेको तथ्यांक सार्वजनिक भएको छ । अमेरिकाका अस्पतालमा १ लाख भन्दा ज्यादा कोभिड-१९ संक्रमितहरु भर्ना भएका छन ।

हाल सम्म कूल १४ करोड ३ लाख ९४ हजार ४ सय ९३ मानिसहरु संक्रमित भएका छन् भने कूल निको हुनेको संख्या ४९ लाख ३२ हजार ४ सय ३ पुगेको छ । हाल सम्म कूल मृत्यु हुनेको संख्या २ लाख ८१ हजार ३१ पुगेको छ ।

श्रोत :जोन्स हप्किन्स बिश्वबिद्यालय/सिएनएन – इनेप्लिज