मुटु काप्ने भिरमा ३ युवती मिलेर यस्तो काम गर्दै, हातभरी ठेला परे प्रेम र बिहेका कुरा गर्दा लास्टै रमाइलो भयो हेर्नुस गाउघरको रमाइलो

गुल्मी । गुल्मीको मालिका गाउपालिका सिमलटारी भन्दा माथि १०—१५ किलोमिटर माथि चढेपछि कोरिका भिर भन्ने ठाउ“ छ जहा ३ जना युवतीहरु एउटा समूहमा यस्तो डरलाग्दो भिरमा काम गरिरहेका छन । बादर पनि राम्रोस“ग अडिन नसक्ने वा भनौ लडने जस्तो भिरमा कल्पना बिसी, संगिता सुनार र गोमा बिश्वकर्माको समूह मज्जाले मिलेर काम गरिरहेका थिए । गाउमा अहिले खर काटने सिजन चहिरहेकै बेला यि युवतीहरु पनि त्यसठाउमा खर काटने आएका थिए तैपनि फ्रि मा । फ्री मा भन्दा खेरि तपाईलाई अचम्म लाग्न सक्ला तर यो फ्रि भनेको सबैको घरमा आलैपालो गरेर खर काटन लगाउने नियम जस्तै हो जुन धेरै बर्षदेखि चलिआएको छ र तपाईले पनि गाउ“मा जादा यसबारे अबश्य सुनेको देखेको वा भनौ भोगेकै हुन सक्छ ।

देख्दा चट्ट हातमा ठेला पारेर काम गरिरहेका यि नानीहरुले पढाई पनि गर्छन, अहिले खाली समयमा घरको काम गरिरहेका छन । हामीलाई देख्दा बितिकै रिंगटा लाग्ने यो भिरमा यिनीहरुको भने दैनिकीजस्तो हो भन्दा अलिकति कता कता अचम्ममा पनि परियो । गित गुनगुनाउदै खर काटने चलन त हाम्रै पुर्खाले पनि सिकाएका हुन, यिनी नानीहरु पनि यहि गर्दै खर काटीरहेका थिए । चिसो महिना पुषैको, झल्को उसैको भन्दै समुधुर गित गाउदै रमाईरहेका पन थिए, हेरौ |