फूल फुलेरै केभो? फुल्नुको अर्थ छैन भने!

स्कटनेपाल,
बेलायत मा बस्दै आउनु भएको समाज सेवी जानकी पन्त ले बेला बेला मा मन मोहक संदेश मुलक जानकारी हरु सामाजिक संजाल मार्फत सार्बजनिक गर्नु हुन्छ । त्यस्तै यस पटक उहाको फेसबुक स्टाटस जस्ता को तस्तै तपाई माझ हामीले पस्किदै छौ पक्कै पनि आफ्नो प्रतिक्रिया दिनु होला ।

पन्त लेख्नु हुन्छ :

फूल फुलेरै केभो? फुल्नुको अर्थ छैन भने!
जून उदाएरै केभो? उज्यालो छर्न सक्दैन भने!
मानब भएर केभो? मानबता लाइ बुझ्दैन भने!
जीबन पाएर केभो? जिउनु को सारनै छैन भने!
आफु मात्र बाचेर केभो? अरुले बाच्न पाउदैन भने!
आफु मात्र हासेर केभो? अरुले हास्न पाउदैन भने!
धर्म मानेर केभो? मानबिय कर्म गर्दैन भने!
भगवान लाइ मानेर केभो? मान्छे लाइनै मान्दैन भने!
ठुलो मान्छे भएर केभो? अरुको भावना बुझ्दैन भने!
सर्ब-सम्पन्न भएर केभो? सबैलाई सामान देख्दैन भने!
बिद्द्वान भएर केभो? भित्रि ज्ञान आउदैन भने!
जन्मेर मात्र केभो? अरुको उपकार गर्दैन भने!
धन्यबाद, सबैमा शुभ दिनको कामना