सरकारले सुतेको बाघलाई ब्युँझाएको काँग्रेसका नेताहरुको टिप्पणी, नेकपाका अध्यक्षहरुलाई मिलाउन राष्ट्रपतिको प्रयास जारी, हेर्नुहोस मंसिर १९ गतेका मुख्य समाचारहरु

तनहुँमा बुधबार उद्घाटन गर्न नपाएको पुल उद्घाटन गरेपछि नेपाली कांग्रेसका नेताहरुले सरकारले आफूहरुलाई ब्युँझाइदिएको टिप्पणी गर्दै देशभर सरकारविरुद्ध आन्दोलन अघि बढाउने चेतावनी दिएका छन् ।

बुधबार स्थानीय प्रशासनले निषेधाज्ञा उल्लंघन गरेको भन्दै पुल व्यास नगरपालिकाको बुल्दीखोला पुल उद्घाटन गर्न जाँदा वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरेको थियो । कांग्रेसले बिहीबार सोही पुल उद्घाटन कार्यक्रमलाई शक्ति प्रदर्शनको माध्यम बनाउँदै सरकारविरुद्ध कांग्रेस एक भएको बतायो ।

त्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र चर्किएको विवाद मिलाउनका लागि राष्ट्रपति कार्यालय शीतलनिवासले प्रयास जारी राखेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले विहीबार नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई शीतल निवासमा बेग्लाबेग्लै भेट गरिन् । भेटमा राष्ट्रपतिले दुबै अध्यक्षलाई विवाद नगर्न र मिलेर अघि बढ्न सुझाव दिएको स्रोतले बतायो ।

नेकपा विवाद उत्कर्षमा रहेका बेला राष्ट्रपति भण्डारीसँग नेताहरुको भेटवार्ता हुने गरेको छ । गएको आठ महिना यताको नेकपा विवादमा राष्ट्रपति भण्डारीसँग नेकपा नेताहरुको भेटवार्ता बाक्लो हुने गरेको छ । हेर्नुहोस मंसिर १९ गतेका मुख्य समाचारहरु :