प्रहरीको निगरानीमा बलात्कारी कसरी भाग्छ ?

स्कटनेपाल,
यो कालो रुमालले मुख छोपेको एक कुख्यात अपराधी र क्रूर बलात्कारी राजेन्द्र बोहोरा बझाङको हो । यो अपराधीले १२ बर्सिया सम्झना बिकलाई बलात्कार गरि मन्दिरमा निर्मम , बीभत्स हत्या गरेको थियोे त्यो भन्दा पहिला १३ बर्ष कि दलित बालिकालाई बलात्कार गरेको थियोे तर गाउँ नै ५०० दिएर यो बलात्कारिलाई अपराधी बनाउन हौसला दिएका थिए गाउँकेही ब्यक्तिले ।

सम्झनाको न्याय मात्र होईन यो बलात्कारी उम्कियो भने धेरै कलिला मुना हाम्रा छोरी चेलिलाइ बलात्कार गर्छ, हत्या गर्छ यो कुख्यात अपराधी लाई कडा सजाय दिलाउनु पर्छ भनी म काठमाडौ बाट बझाङ सम्म पुगेकी थिए ।

म लगाएत , हाम्रो टिमले ससक्त आवाज उठाएको थियौ । हामी बझाङ गए पछि यो बलात्कारीलाई सार्बजनिक गरिएको थियोे ।

हिजो समाचार पढे यो कुकुरलाई सुधारगृह राखिएको रहेछ अनि कोरोना पोजेटिभ भयो भनि अस्पतालमा राख्दा भागे छ रे? आज फेरि प्रहरीले पक्डियो रे भन्ने सुने कि छु । प्रशासनको लापरबाही कती पनि स्वीकार र सहय छैन ।

यो अपराधीलाई बिच सडकमा जिउदै आगो लगाउन पर्ने हो यो पापीलाई त सरकारको भात खुवाएर राख्न पनि यो पृथ्वी लाई भार हुन्छ । यदि कुनै प्रशासन , प्रहरीको कमजोरी र लापरबाहीले यो अपराधी भाग्यो या उम्क्यो भने यसको पूरा जिम्मेवारी नेपाल प्रहरीले लिनु पर्छ ।
यो अपराधी जेलबाट लास निस्किनी हो यसको सास होइन ।

जबसम्म यस्ता अपराधीलाई फाँसी या जीउँदै जलाइदैन यी अपराधी सुध्रने वाला छैन र अपराध घटने वाला छैन । यस्ता अपराधीहरु प्रती हाम्रो नजर जतिबेला पनि छ । याद रहोस् ।
(सरु सुनार)