हेर्नुस वडा कार्यलयमा कुमार राइको छड्के, बेतिथीबिरुद्ध आक्रोशित हुदै भने म मर्छु तर बोल्न छोड्दिन (भिडियो सहित)

झापा ,दमक । केहि समय आगाडी झापाको दमकमा ५ रुपैयाँमा सादा खाना र १० रुपैयामा मासु खाना पेटभरि खुवाउने कुमार राइ सामाजीक सेवामा तिब्र गतिमा लागेका छन् ।उनीहरुले भोकाएका मानिसलाई शुद्ध खाना खुवाउने र खाना खाएका ग्राहकहरुबाट संकलित रकम मिर्गौलाको समस्याबाट पीडित २५ बर्षिय एक युवाको उपचारका लागि खर्चिने अभियान चलाएका थिए ।इलाम चुलाचुली ५ का २५ बर्षिय शुकराज लिम्बुका दुवै मिर्गौला खराब भएपछि उपचारमा आर्थिक सहयोग जुटाउने उदेश्यले ५ रुपैयाँमा एक छाना भात खुवाउने अभियान चलाइएको थियो ।

सहयोगी दाताहरुले खाना खाएर दिएको पैसा कुमार राइले दुवै मिर्गौला फेल भएर उपचार गर्दै गर्नु हुने बिरामीलाई काठमाडौँ पठाईदिनु भएको छ । हाल केहि कारणले गर्दा यो काम रोकिए पनि कुमार राइ समाज सेवाको काममा सक्रिय भएर लागेका छन् । कोरना भाइरसका कारण नेपालमा अहिले दिनरात मेहेनत गरेर खाने नेपालीलाई अठ्यारो अवस्था सिर्जना भएको छ। कुमार राइ समाज सेवा देखि लिएर भ्रष्टचार बिरुद्ध पनि आवाज उठाउने युवा हुन् । इलाम चुलाचुलीमा रहेको वडा कार्यालयमा छड्के गर्दा यस्तो अवस्था देखिएको छ , तल भिडियोमा जस्ताको त्यस्तै हेर्नुहोला ।