कलाकार, मोडल तथा निर्देशक कुमुद पन्तले सपना लाइ सहयोग !

बेलायतमा लामो समय देखी बस्दै आउनु भएको कलाकार, मोडल तथा निर्देशक कुमुद पन्तले बेलायती सञ्चारमाध्यम बीबीसीले प्रत्येक वर्ष प्रकाशित गर्ने सय महिलाको सूचीमा पर्न सफल नेपालकी सपना रोका मगरको मनोबल उच्च बनाउन तथा उनको शिक्षालाई निरन्तरता दिन प्रोत्साहन गर्दै २५ हजार ५ सय रुपैंया सहयोग गर्नुभएको छ । उक्त रकम सहयोग गरेको जानकारी गराउदै समाज सेवी इशा गुरुङले पनि आफ्नो फेसबुक वाल मा जानकारी अपडेट गराउनु भएको छ ।

१८ वर्षकै उमेरदेखि सपनाले अलपत्र अवस्थामा परेका शव अस्पताल लगेर पोस्टमर्टम गर्नेदेखि पशुपति आर्यघाट लगेर संस्कारअनुसार अन्त्येष्टि गराउने काममा निरन्तर खट्दै आएको स्मरण गर्दै कलाकार पन्तले उनी धेरैको प्ररेणाको स्रोत बनेकाले शिक्षालाई पनिसँगसंगै अगाडि बढाउन जरुरी रहेको भन्दै थोरै सहयोग रकम प्रदान गरेको जानकारी दिनुभएको छ ।

बेलायतमा बस्दै आउनुभएका पन्तले यसअघि हाम्रो टिम नेपालद्वारा चितवनको माडी नगरपालिका वडा नम्बर ८ मा बसोवास गर्ने चेपाङ समुदायमा न्यानो कपडा र सिरक डस्ना वितरण कार्यक्रमलाई प्रोत्साहन गर्दै २० हजार २ सय ८० रुपैंया सहयोग गर्नुभएको अभियान्ता उमेश बोहराले जानकारी दिनुभएको छ ।

यस्तै, दैलेखकी ६ वर्षीया छाला रोग पिडीत बालिकाको निः शुल्क उपचार भइरहेको भएपनि अन्य खर्चमा मद्दत पुगोस् भन्ने हेतुले नेपाली कलाकार, मोडल तथा निर्देशक पन्तले १५ हजार ५ सय २० रुपैंया सहयोग रकम प्रदान गर्नुभएको समाजसेवी इशा गुरुङले बताउनुभएको छ । (नेपाली नेटवर्कको सहयोगमा)