नक्कली नोट छाप्ने मेसिन र नोटसहित तीन जना पक्राउ, कसरी बनाइन्छ दुरुस्तै पैसा ? हेर्नुहोस मंसिर १६ गतेका मुख्य समाचारहरु

कञ्चनपुरमा नक्कली नोट छाप्ने मेसिनसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ मा डेरा गरी बस्ने रितिका बम, उनका श्रीमान अनुज शर्मा र भगतपुरका दिपक नाथ छन् ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डीएसपी अमरबहादुर थापा क्षेत्रीका अनुसार बम र शर्मालाई मेहेन्द्रनगरस्थित बजारमा फेला पारी खनतलासी लिँदा एक हजार दरको दुई वटा नक्कली नोट भेटिएको थियो । त्यसपछि डेरा कोठामा खानतलासी गर्ने क्रममा थप नक्कली नोट, फोटोकपी पेपर, नक्कली नोट बनाउने मेसिन, कैँची लगायतका सामग्री बरामद भएको क्षेत्रीले बताए ।

उनका अनुसार दुवै जनालाई मुद्रा सम्बन्धी कसुरमा जिल्ला अदालतबाट ५ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको छ । हेर्नुहोस मंसिर १६ गतेका मुख्य समाचारहरु :