हामी पृथ्वी देखी धेरै कारणले ऋणी छौ ।

स्कटनेपाल,
बेलायत मा बस्दै आउनु भएको समाज सेवी जानकी पन्त ले बेला बेला मा मन मोहक संदेश मुलक जानकारी हरु सामाजिक संजाल मार्फत सार्बजनिक गर्नु हुन्छ । त्यस्तै यस पटक उहाको फेसबुक स्टाटस जस्ता को तस्तै तपाई माझ हामीले पस्किदै छौ पक्कै पनि आफ्नो प्रतिक्रिया दिनु होला ।

पन्त  लेख्नु हुन्छ :

हामी पृथ्वी देखी धेरै कारणले ऋणी छौ । जसरि हामी आमाको कोख को ऋणी हुन्छौ त्यसैगरी हामी हाम्रो पहिलो माता, यस धर्ति माता को कोख को पनि ऋणी हुन्छौ! तसर्थ हामी दुवै माताको सेवा गरौ ! मानबता प्रेमी बनौ, एक असल परोपकारी बनौ! हामी मानब भएर मानबिय सदाचार लाइ कायम राखौ! यस धर्ती मा रहेका सबै सजिव प्राणीहरु लाई समान ब्यभार गरौ! दया, माया, क्षमा, करुणा, नैतिक चरित्र लाइ सदा सर्वदा सुरक्षित राखौ! आफ्नो भित्रि चेतना लाइ जगाई राखौ! दया, प्रेम, सेवा, सत्भाव एक आपसमा बनाइ राखौ ।

पृथ्वीले हामीलाई जीउनको लागि उपहार स्वरूप सबथोक दिन्छ तर हामी सर्बश्रेष्ठ चेतनशील प्राणि भएर पनि बदलामा खास केहि पृथ्बी लाइ दिन सकेका छैनौ! मानब जातीले संसारको स्वामित्व पाएर पनि संसार प्रतिको पहिलो गहन जिम्म्बेवारी निभाउनमा कहिँ कतै चुकेको देखिन्छ ! व्यक्तिगत जीवन निर्वाहको व्यस्ततामा हामीले सर्बश्रेष्ठ प्राणी हुनुको अर्थ र औचित्य भुलेका छौ ! यो संसार कुनै कारणले पनि हामी प्रति ऋणी छैन तैपनि यसले हामीलाई जीउन को लागि सबथोक दिएको छ! तसर्थ हाम्रो पनि जिम्बेवारी बन्छ कि हामी पनि केहि बिसेष उपहार स्वरूप बदला मा यसलाई दिन सकौ ! हामीले आफ्ना केहि उत्कृस्ट कर्महरु र उत्कृस्ट प्रतिभाहरू, रचना हरु दिएर यसलाई आभार व्यक्त गर्न सक्छौ! केहि उत्कृष्ट प्रभाव हरु, केहि अमिट छाप हरु यस धर्तीमा सधैका लाइ छोडेर जान सक्छौ।

हामी मानवताको प्रगाढ सम्बन्ध प्रकृति जिवजनावर सबै संग समान राखौ! हामी कुनै पनि पाप कर्ममा सहभागी नबनौ! कसैको नराम्रो नदेखुन यी आखाले, कसैको नराम्रो नसोचोस यो मनले, सुमधुर सुन्दर वाणी बनीहोस सबैमा! निश दिन रहोस प्रभु सुमिरण, प्रभु नाम लिदै यो भवसागर तर्न सकौ! मनको रावण लाइ मार्दै हृदयमा राम लाइ बसाउन सकौ! हरदिन सत्कर्म गरि यो जीवन धन्य गर्न सकौ! हामी सबै आपसमा सुमधुर प्रेमसंग मिलेर बस्न सकौ! हरदिन कृतज्ञ भई जीवन उत्सव मनाउन सकौ ।

धन्यबाद, सबैमा शुभ दिनको कामना ।