माइतीघरमा हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ नारा घन्कियो (भिडियो सहित)

काठमाण्डौंः राजतन्त्र पुनस्र्थापनाको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ ।

राष्ट्रिय शक्ति नेपाल उपत्यका समन्वय समितिले काठमाडौंको माइतीघरमा प्रदर्शन गरिरहेको छ । काठमाडौंका विभिन्न स्थानबाट जुलुस निकालेर अहिले माइतीघरमा प्रदर्शन गरिरहेको छ ।
कोणसभामा राजसंस्था पक्षधर नेताहरुले देशका लागि राजसंस्थाको पुनर्स्थापना अपरिहार्य भएको बताएका थिए।

सहभागीहरुले राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ लगायतका नारा लगाएका छन् ।