सपना रोका मगर: बिबिसीको २०२० को १०० प्रभाबशाली महिला लिस्टमा

हाम्रो बिडम्बना नै यही छ कि कयौं प्रभाबशाली नेपाली बिदेशीले चिनाएपछि मात्रै चिनिन्छन । यो अवस्थामा आउनु अघि कतिपय नेपाली त झन खुट्टा तानिने र अझ कतिपय त बिहारी शैलीभन्दा पनि चर्को अपत्यारिला सुनियोजित चरित्रहत्या गर्नेहरुको शिकार बनेको समेत पाइन्छ ।

झन्डै ३ महिना सडक जीवन बिताउने क्रममा जीवन लीला नै समाप्त गर्ने कि भन्नेसम्मको सोंचमा पुगिसकेर पनि त्यो अवस्थाबाट उन्मुक्तिपस्चात सोच्दै नसोचेको सामाजिक काममा लाग्ने क्रममा अधिकांश नेपालीको जानकारमा नआउँदैमा बिबिसीको २०२० को विस्वको प्रभाबशाली १०० जनाको लिस्टमा परेकी १८ बर्षकी सपना रोका मगर अहिले सबै नेपालीको हाइ हाइ भैरहेकी छिन् । हाम्रो बिडम्बना नै यही छ कि कयौं प्रभाबशाली नेपाली बिदेशीले चिनाएपछि मात्रै चिनिन्छन । यो अवस्थामा आउनु अघि कतिपय नेपाली त झन खुट्टा तानिने र अझ कतिपय त बिहारी शैलीभन्दा पनि चर्को अपत्यारिला सुनियोजित चरित्रहत्या गर्नेहरुको शिकार बनेको समेत पाइन्छ ।

कुनै बेला म्याग्दीकै सर्बश्रेष्ठ बिद्यार्थी भएकी निडर एबं स्पस्ट बक्ता सपना यति सानो उमेरमा नै सस्तो लोकप्रियाताभन्दा पनि अत्यन्तै कर्तब्यबोध र दायित्वबोधमुखी भएको स्पस्ट देखिन्छ र पाएको यो विस्वब्यापी सम्मानको जस समेत आफूमै केन्द्रित गर्न नचाहेकी स्पस्ट देखिन्छ जबकि प्राय: जसोको प्रयास हरेक ठाउँमा आफूले आँफैलाई ठूलो र बढी महत्वको देखाउनमा मात्रै नभएर केही त झन अबैध धनको केही अंश खर्च गरेर राष्ट्रिय अन्तरराष्ट्रिय स्तरको छबी बनाएका ब्यक्तिहरुको नामको दुरुपयोग आफ्नो सस्तो लोकप्रियताकै लागि तिकडम गर्नमा नै केन्द्रित भएको समेत देखिन्छ ।

राष्ट्रिय गौरबको यो उपलब्धीमा सपनाले धेरै चर्चित ब्यक्तिहरुबाट बधाई र सम्मान पाउँदा अहिलेसम्म सरकारको तर्फबाट भने कसैबाट पनि बधाइ समेत पाएकी छैन । ठूलो जन दवाबका कारण लोकलाजले वाध्य भएर त्यो वाताबरण पनि तयार होला निकट भबिस्यमा ।

नांगो खुट्टा हिंड्नेलाई आफ्नो चप्पल दिएर आफू नांगो खुट्टा हिंड्ने, जाडोमा कठयाग्रिएकालाई आफ्नो ज्याकेट दिएर आफ्नो शरिरमा काँढा उमार्दै हिंड्ने, आफ्नो लागि भनेर घरबाट पैसा मागेर समस्यामा परेकाहरुलाई सहयोग गर्ने, अरुसंग मागेर भने पनि भोका नांगाहरुको आवश्यकता पुरा गर्ने अत्यन्तै दयालु स्वभावकी सपनाको स्वभावका कारण केहीले उन्को यो स्वभावको नाजायज फायदा लिनुसम्म लिए पनि । उन्को यही भित्री नि:स्वार्थी स्वभाव नै हो उन्को निडरता । सही र आबस्यक कुरालाई सही तवरबाट निडरतापूर्बक बोल्ने आँटको आधार भनेको नि:स्वार्थीपना नै हो । यति सानो उमेरमा विस्वब्यापी छवी बनाउन सक्षम सपनाले बिभिन्न अन्तरबार्ताको क्रममा जसरी आँटिलो तवरले बोल्दैछिन् त्यस्ले प्राप्त छवीका कारण प्राप्त अवस्थालाई ब्यक्तिगत स्वार्थमा ढाल्न खोजिएको छनक पटक्कै देखिन्न । महानताको लागि यो अत्यन्तै महत्वपूर्ण कडी हो – विस्व बिख्यात साहित्यकार निकोलाई आस्त्रोभस्कीको कृति “अग्नी दीक्षा”को केन्द्रीय पात्र पावेल कर्चागिन जस्तै त्यागी र साहसी हुन यिनी ।

सपनालाई सपना बनाउन बिशेष योगदान दिने सपनाको धर्म/कर्म पिता बिनयजंग बस्नेतलाई यो सन्दर्भमा नसम्झनु न्यायोचित हुने छैन ।

सपना धेरैका लागि अब प्रेरणाको श्रोत त बन्नु भएको छ र नि:सन्देह नै धेरै उन्को कामले यस्ता कामप्रति उत्प्रेरित हुनेछन । भुइं नछोड्नू । हार्दिक बधाई नेपालकी छोरी सपनाप्रति!!!

रामकुमार श्रेष्ठ @Ramkshrestha

लुम्बिनि-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं इनासका विस्व सल्लाहकार रामकुमार श्रेष्ठको फेसबुकबाट ।