ओलीको ३८ पृष्ठ लामो प्रस्तावमा प्रचण्डलाई यति धेरै प्रश्न, कि तँ छैन कि म छैन ? अब के हुन्छ नेकपामा ? हेर्नुहोस मंसिर १४ गतेका मुख्य समाचारहरु

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी सचिवालयमा ३८ पृष्ठ लामो प्रस्ताव पेश गरेका छन् ।

शनिबार बसेको सचिवालय बैठकमा पेश गरिएको प्रस्तावमा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २८ कात्तिकमा पेश गरेको प्रस्तावमाथि आफूमाथि उठाएका प्रश्नहरुको जवाफ मात्र दिएका छैनन्, प्रचण्डमाथि नै प्रतिपश्नहरु गरिएको छ ।

प्रचण्डको ‘प्रस्ताव’ नितान्त व्यक्तिगत असन्तुष्टि, सीमाहिन कूण्ठा र निहीत स्वार्थ लुकेको कृत्रिम आरोपको सँगालो मात्रै भएको भन्दै उनले भनेका छन्, यो प्रथम दृष्टिमै खारेजयोग्य छ ।’ साथै पार्टीका बैठकलाई अग्रगामी एजेण्डाबाट बराल्ने र व्यक्तिगत आरोप-प्रत्यारोप एवं कुण्ठामा अलमलाइरहने छुट कसैलाई हुन नहुने समेत अध्यक्ष ओलीले प्रस्तावमा उल्लेख गरेका छन् ।

प्रचण्डको प्रस्तावमा आफूमाथि लागेको आरोपको विना कुनै आग्रह र आक्रोश आफ्ना विषयहरु राख्ने भन्दै उनले प्रचण्डमाथि प्रतिप्रश्न गरेका छन् । हेर्नुहोस मंसिर १४ गतेका मुख्य समाचारहरु :