आज मैले रातलाई गुमाएँ भने भोली मैले पाउने भनेकै दिन न हो ।

स्कटनेपाल,
बेलायत मा बस्दै आउनु भएको समाज सेवी जानकी पन्त ले बेला बेला मा मन मोहक संदेश मुलक जानकारी हरु सामाजिक संजाल मार्फत सार्बजनिक गर्नु हुन्छ । त्यस्तै यस पटक उहाको फेसबुक स्टाटस जस्ता को तस्तै तपाई माझ हामीले पस्किदै छौ पक्कै पनि आफ्नो प्रतिक्रिया दिनु होला ।

लेख्नु हुन्छ : आज मैले रातलाई गुमाएँ भने भोली मैले पाउने भनेकै दिन न हो । अन्धकारपछि आउने भनेको उज्यालो न हो! त्यहीनै जिबनको सार हो। रात लाइ ब्यर्थै गुमाएको बुझाईमा लिनेका लाइ, त्यही रात बास्तबमा विश्रामसँगको उर्जा प्राप्तिको पहीलो श्रोत हो। त्यसैले जीवनमा व्याकुलै रहेपनि पाएको पीडा एक अर्थमा प्राप्ति पनी हो। शरीर पानीकै बनोटमा छचल्कीने यथार्थतामा भएपनि प्यास नलाग्ने हो भने, मरुभूमीमा पनि पानी को खासै अर्थ हुने थिएँन। त्यसैगरी, जीवनमा धेरै कुरा गुमाई सकें पछि केहि पाउनुको खुशी अझ महत्वपूर्ण हुने थिएन।

मेरो लक्ष्य केही ठूलो छैन्। जन्मे पछी ढीला चाडो मर्नेनै हो। यो शरीर, रुप, स्वभाव, ज्ञान, गुण यहि धर्तीमा छोडी जाने हो! यो धेरै दिन नरहेपनि केही पल त्यसको वासना वरिपरि छर्न सकु! त्यसको लागि पाउने र गुमाउने हिसाबमा अल्झिनु भन्दा नि निष्ठापूर्वक समय खर्चीनु नै बुद्दीमानी हुन्छ। आफुले सके जति पुण्य गर्नुपर्छ, राम्रो कर्म गर्दै जाने हो। राम्रो गर्दार्गदै पनी यदी नराम्रो भए त्यसमा पनी केही राम्रो हुनलाई होला भन्ने लाग्छ मलाइ। तर के गरें सुनाउनु भन्दा सिकाउने कुरा नै सारपूर्ण हुन्छ। जस्ले गर्दा मसँग आज को थिए, को थिएन् सोच्न छोडि कस्को लागि के दिन सक्नेछु भन्नेमा लागेको छु ! त्यसमा मेरो आफ्नो नै पर्नुपर्छ, भन्ने सोच म राख्दिन! जीवन कहाँबाट कहाँ पुग्छ त्यो कसैको जानेको हुदैन! संसारमा हामी आएका थिएँउ भन्ने निशानी केही छोड्न सक्नु पर्छ, भन्ने मेरो सोच छ ! जीवनको भरोसा छैन, भोलीको निम्ति आज जाँग्नु पर्छ भने झै त्यसमा अलिक चिन्चित छु!

आफु अरुका निम्ति पीडा बिर्साउने भाव हुन सक्नु जीवनकै ठुलो उपलब्धि हो भन्ने सोच छ। जे जिम्बेवारी आएपनी त्यसको स्वागत गर्नुपर्छ । र जीवनभरि बुझ्नकै लागि पनि केहि सिकि रहनु पर्छ ! जसमा ईमान, सत्यता एक धर्म एक थप गहनाको रुपमा लिनु पर्छ। यसले आत्मा लाई शुद्ध चोखो बनाई राख्छ, भन्ने सोच छ। यदि मनुष्य हुँ नै भनी गर्व गर्ने हो भने आफुले आफ्नो ईमानमाथि घात गर्नु हुँदैन्। सुनकै महल पाएपनि झुपडी को आफ्नो अस्तित्व बिर्सनु हुदैन तब, सुकुमवासी सरह जीवन भएपनि खुसि र आनन्द को महल आफै खडा हुँदै जान्छ,भन्ने सोच छ ! जस्तो बाधा आए पनि, निरन्तर नित्य कर्ममा लाग्नु पर्छ, एक असल सिद्धान्त र सहि बुद्धि जीवनको मूल सार हुनुपर्छ, अनि लक्ष्य हरु आफै बन्न सुरु हुन्छन भन्ने मेरो सोच छ!

धन्यबाद, सबैमा शुभ दिनको कामना ??