पदमको यसो हेरे पूर्व तिर सार्वजनिक

काठमाडौं १३ मंसीर
पछिल्लो समय चर्चामा रहेका गायक पदम राईले एकपछि अर्को हिट गीत, संगीत संगीतप्रेमि श्रोता माझ पस्कदै आईरहेका छन् । केही समय पहिले सार्वजनिक भएको ‘पछि पछि लागेर…’ बोलको गीतको भिडियोले युट्युवमा करोडक्रस भ्यूज पाएर चर्चामा रहेका पदम राईले ‘के गुलियो छ र शखर चिनि…’ बोलको गीतको भिडियो सार्वजनिक भएसंगै उनको चर्चा अझ चुलिएको थियो छन् ।

केन्द्र मोशन पिक्चर्सको प्रस्तुति रहेको उनको पछिल्लो कोशेली ‘यसो हेरे पूर्वतिर..’ सार्ववनिक भएको छ । यसमा शशी गुरुङ ‘वाङ्देल’को शब्द, संगीत रहेको छ । भिडियोमा चर्चित नायक दयाहाङ राई, एलिशा राई लगायतका कलाकार रहेका छन् भने निर्देशन किरण चाम्लिङ राइृको रहेको छ । मेरो बिगतका सांगीतिक कोसेलीहरुलाई झै यसलाई पनि मन पराईदिनु हुने कुरामा बिश्वस्त गायक राईले दर्शक, श्रोताको रुचिअनुसारको गीत, संगीत पस्कदै सांगीतिक क्षेत्रमा निरन्तर लागि रहने बताए ।
भिडियो हेर्नु होला ।