विप्लवलाई दरबारिया भन्ने किराति पार्टी उकताको हौवा पिटउँदै छन्ः बुढाथोकी अध्यक्ष माओवादी केन्द्र

वैज्ञानिक समाजवाद स्थापनार्थ संघर्षको प्रकृयामा जुट्न आह्वान

२०७७ मंसिर १२ गते
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष कर्णजीत बुढाथोकी ‘शुशिल’ले बिद्रोही नेकपाका महासचिब विप्लवलाई दरबारिया भनेर आरोप लगाउने गोपाल किराति आफ्नो उचाई बढाउन विप्लवसंगको पार्टी एकताको हौवा पिटाउन थालेको आरोप लगाएका छन् । विप्लव क्रान्तिकारी भएको तर किराति न्युनतमरुपमा नीति,विधि, सिद्धान्त र नैतिकताको ख्याल नगर्ने भएकोले बारबार उट्पट्याङ् गर्ने गरेकोसमेत बताए ।

हालै सम्पन्न सो पार्टीको केन्द्रीय समितिको बैठक तथा विशेष राष्ट्रिय भेलाको निर्णयहरु सार्वजनिक गर्न शुक्रबार अनामनगरस्थित संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै माओवादी केन्द्रका अध्यक्ष बुढाथोकीले बरु अब देशमा क्रान्तिकारी धुर्बिकरणको टड्कारो आवश्यकता भएकोले आफूरु त्यसतर्फ लागेको बताए ।

अध्यक्ष बुढाथोकीले आफ्नो पार्टी वैज्ञानिक समाजवाद स्थापनार्थ संघर्षको प्रकृयामा अघि बढेको भन्दै त्यसमा जोडिन आम जनसमुदायमा आह्वान गरे । उनले महान जनविद्रोहको वृहद तयारीको दिशामा जुट्न पार्टीका नेता, कार्यकर्ता र आम न्यायपूर्ण जनसमुदायमा आग्रह समेत गरे ।

पत्रकार सम्मेलनमा सहभागी पत्रकारहरुले शक्तिमा भएको समयमा पार्टीहरु फुट्ने परम्परालाई तपाईहरुले कमजोर हुनेबेला पार्टी फुटाएर तोड्नुभयो, यसको वास्तविकता के हो ? भन्दै सोधेको प्रश्नको जवाफ दिदै उनले भने ‘हामी देशव्यापी संगठन निर्माणको अभियानमा छौं, क्रान्तिकारी शक्तिहरुसँग वैचारिक एकता अनिवार्य सर्त हो । हामी विभाजित टुटफुट विभाजन मात्र होइन एकता र वृहत ध्रुविकरणको संन्देश यो पत्रकार सम्मेलन मार्फत दिन गैरहेका छौ ।’

सरकारले आफ्नो असफलताका कारण विप्लवमाथी प्रतिबन्ध लगाएको भन्दै उनले भने–‘हामी क्रान्तिकारी शक्तिहरुसँग कार्यगत एकता गर्दै पार्टी एकताको बारेमा सोचिरहेका छौं, एकताको लागि विचार सिद्धान्तबारे छलफल र एकरुपता आवश्यक हुन्छ । हतारमा एकताको हल्ला मच्चाउँदा त्यो पुर्न विघटनको दिशातिर गएको हामीले देखेका छौं ।’

गोपाल किरातीमा देखिएको वैचारिक विचलनताका कारण पार्टीले उनमाथी कारबाही गरेको र अघिल्लो पोलिटव्यूरो बैठकले अध्यक्ष पदबाट निश्कासन गरेको उनले बताए । उनले किराती समुहमा देखिएको गम्भिर वैचारिक समस्याका कारण हामी मालेमावादको रक्षा गर्दै, क्रान्तिकारी योजनामा अघि बढेको उनको तर्क छ ।

किरातीले विप्लव नेकपासँग पार्टी एकताको लागि गरेको घोषणाको कुनै आधार नभएको भन्दै उनले भने–‘पार्टी एकता गरेर नेता बन्ने चाहनाले मात्र सबै कुरा पुरा हुन्न । विप्लव नेकपा क्रान्तिकारी योजनामा जुटेको बेला किराती समुह आध्यात्मवादी चङ्गुलमा फसेकोछ, यसले उहाँको घोषणा छटपटाहट र निरासाजनक कोणबाट आएको पुष्टि हुन्छ । पार्टी एकताका सर्तहरु हुन्छन, कसैले एकलौटी रुपमा एकता घोषणा गरेर मात्र एकता सम्भव हुन्न ।’

उनले पत्रकारलाई जवाफ दिदै भने–‘हामी नेपाली वर्गसंघर्षको विरासतलाई बिर्सन सक्दैनौं । हाम्रो पार्टी महान शहीदहरु, अपाङ्ग, घाइते र बेपत्ता योद्धा लगाएतको उच्च त्याग र बिरताको प्रकृयाबाट जन्मेको जनताको न्याय र समानताको लडाईको मोर्चा हो । यस प्रकृयामा हाम्रा पुर्व अध्यक्षहरु र सबै क्रान्तिकारी शक्तिलाई हामी एकताको प्रकृयामा जुट्न आह्वान गर्दछौं । साथै पुर्व अध्यक्ष किरातीले विपश्यना (आध्यात्मवाद) छाडेर सुध्रिएर आएमा हामीबिचको एकता सम्भव छ ।’

उनले आफ्नो पाटीको बैठक तथा भेलाबाट भएका निर्णयहरुको विषयमा जानकारी गराउँदै थप विषयवस्तु सहितको प्रेस वक्तव्य समेत वाचन गरेर पत्रकारहरुलाई सुनाएका थिए । उनले पार्टीको केन्द्रीय समिति ९९ सदस्यीय, स्थायी सदस्य ३३, पोलिटव्यूरो १५ सदस्यीय बनेको सार्वजनिक गरे । माओवादी केन्द्रको वरिष्ठ नेता तिलक थापामगर र उपाध्यक्षमा रंगनाथ ढकाल रहेको समेत उनले बताए ।

त्यस्तै स्थायी समिति सदस्यमा नरेश शाही, धन कमारी मगर, लोकराज जैसी, सिंह ब.बिक, बलाराम पुन, धर्मराज बेडुवाल, अरुण घिसिंङ, टिपि गौतम, प्रकाश दाहाल, त्यसैगरी पोलिटब्युरो सदस्यहरुमा कृष्ण खडक, दुर्गा खत्री, कृष्ण बोहोरा, जनक कामी, ब्यासि तिरुवा, रंगमल रोकाया, प्रकाश तिवारी, राम प्रसाद मैनाली, कुमार याख्खा राई, लक्ष्मण खडका, शुसिल नाथ योगी, कपिल सिजापति, पासाङ तामाङ, भागिराम चौधरी विक्रम, धर्म सञ्ज्याल ध्रुब, रतन कुमार बिक, ज्ञानु बम, शोभा आचार्य, भोजराज त्रिपाठी, सूर्य बहादुर खत्री, कलावती चौधरी लगाएत रहेको उनले सार्वजनिक गरे ।
त्यस्तै पार्टीको केन्द्रीय सदस्यहरुमा मिना चन्द, रमेश थापा, योगश राम्झाली, बिरेन्द्र लामा, भिम बिक, हिरा देवकोटा, सुकैलाल बर्मा, कमला धामी, सुवास लामा, जीवन ऐडि, रामकृष्ण बुढा, मनराज कठायत, टेकमल दर्जि लगाएत रहेको उनले बताए । साथैसंगठन सम्बन्धि थप निर्णय स्थायी समिति बैठकमा गर्न भेलाले अधिकार दिएको उनले बताएका छन ।
त्यस्तै पत्रकार सम्मेलनमा सञ्चालकको भूमिकाबाट बोल्दै माओवादी केन्द्रका स्थायी समिति सदस्य नरेश शाही रक्तिमले आफ्नो पार्टी नेपालमा जनअधिकारको लागि अर्को क्रान्तिको तयारीमा रहेको उद्घोष गरे । उने भने–‘जनअधिकार प्राप्तीको आन्दोलन अझै जारी छ ।’

उनले भने–‘किरातीले हाम्रो पार्टी कार्यालय कब्जा गरेर बुद्धको ध्यानक्षेत्र बनाउने दुश्हासग गरिरहेका छन । उनले साधना गरेर समाजवाद ल्याउने कुचेष्टा गरिरहेका छन । हामी सबै क्रान्तिकारी शक्तिहरुबिचको कार्यगत एकता र पार्टी एकताको विषयमा निरन्तर छलफलमा जुटेका छौं ।’

त्यस्तै उक्त कार्यक्रमबिच नेकपा (क्रान्तिकारी माओवादी) का पूर्व केन्द्रीय सदस्य समेत रहेका स्वतन्त्र बामपन्थी अगुवा शिवसुन्दर शाही ‘विकल्प’ को नेतृत्वमा तिन दर्जन बढी नेता, कार्यकर्ताहरुको समुह माओवादी केन्द्रमा ध्रुविकृत भएका छन । ध्रुविकरण समुहको तर्फबाट बामपन्थी अगुवा शाहीलाई माओवादी केन्द्रका अध्यक्ष कर्णजीत लगाएतका नेताहरुले रातो टीका र दोसल्लाले स्वागत गरेका थिए ।

कार्यक्रममा बोल्दै ध्रुविकरणमा आएका नेता शाहीले नेपालमा कम्युनिष्ट आन्दोलन कमजोर अवस्थामा आएको बेला, सरकारले जनतामाथि अन्याय अत्याचार गरिरहेको अवस्थामा माओवादी केन्द्रले वर्गिय आन्दोलनको प्रष्ट दिशा लिएको र आफु त्यसमा सहमत भएकाले ध्रुविकरणको प्रकयामा जोडिन आएको प्रष्ट पारेका थिए ।

उनले आफुलाई जनताको न्यायपूर्ण आन्दोलनको झण्डा माओवादी केन्द्रले उचाल्ने र वर्गदुश्मन विरुद्ध संगठित प्रतिकारमा उत्रिने पुर्ण विश्वास व्यक्त गरे । साथै सबैतिर छरिएर रहेका क्रान्तिकारी शक्तिहरुलाई अर्को क्रान्तिको लागि माओवादी केन्द्रमा जोडिन आह्वान समेत गरेका थिए ।

कार्यक्रममा विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरुको बाक्लो सहभागिता रहेको थियो । त्यस्तै माओवादी केन्द्रका नेता, कार्यकर्ताहरुको उत्साहजनक उपस्थिति रहेको थियो ।

उक्त पत्रकार सम्मेलनले माओवादी केन्द्रमा विभाजनले गरेको क्षतिको पुर्ति गरेको सन्देश दिदैं मुलत क्रान्तिकारी शक्तिहरुबिच वैचारिक एकता र धु्रविकरणको प्रकृयाको थालनी गरेको देखिन्छ ।