टिक–टकस्टार उषा उप्रेतीसँग चर्चित संगीतकार दीपक शर्माको रोमान्स (भिडियो)

काठमाडौं । ‘कुरा काट्ने मान्छेले काटुन्’ गीतका गायक सुवास पुरीको नयाँ गीत ‘तिम्रो बोली’को म्युजिक भिडियो सार्वजनिक भएको छ । जसमा लोकप्रिय संगीतकार दीपक शर्माको शब्द र संगीत सृजना रहेको छ । संगीतकार शर्मा र टिकटकबाट चर्चामा आएकी सुन्दरी मोडल उषा उप्रेतीको अभिनय रहेको रोमान्टिक प्रेम गीतमा बैंशालु उमेरमा युवा युवतीले जानेर वा नजानेर देखादेख र हेराहेरमा नै गहिरो प्रेममा डुबेको भिडियोमा देखावटी माया भन्दा पनि चोखो माया लगाउने जोडीको कथालाई देखाइएको छ ।

भिडियोमा सुन्दरी उषाले सोझो जस्तो देखिने दीपकलाई भित्र भित्रै मन पराइरहेकी हुन्छिन् । तर उषाले दीपकले आधुनिक शैली भन्दा सामान्य युवककै रुपमा आँफुलाई चाहेको थाहा पाएपछिको प्रेमको रमाइलो पललाई निर्देशक युवराज वाइवाले कलात्मक शैलीमा प्रस्तुत गरेका छन् ।

‘देखावटी माया भन्दा मनभित्रको माया प्यारो हुन्छ’ भन्ने भावलाई देखाउन खोजीएको ‘तिम्रो बोली’मा एरेन्ज नरेन्द्र बियोगीको रहेको छ भने छायांकन निशल पौडेलले गरेका छन् । विकाश धमलाको सम्पादन रहेको गीतको भिडियो गायक पुरीकै च्यानल म्यूजिक जक्सनबाट बजारमा आएको हो । गायक पुरीले यसअघि ‘जाउ न माया भागेर’, ‘हिमाल हल्लाउन सक्छु’लगायतका गीतहरु बजारमा ल्याईसकेका छन् । हेर्नुहोस् भिडियो |