तल्लो पेट किन दुख्छ ? सेतोपानी बग्नुको कारण यस्तो छ, हेर्नुहोस डाक्टरको सुझाव यस्तो छ

आजकाल धेरै महिलाको साझा समस्या भनेको, पाठेघर दुखाइ हुने गरेको छ । महिनावारी अघि र पछि पनि तल्लो पेट दुख्ने समस्याले महिलालाई निरन्तर सताउँने गर्दछ ।

तर यसको सही उपचार नभएमा बिस्तारै महिलाको स्वास्थ्य नै प्रभावित बनाइदिन्छ । हुन त महिनावारी भएको समयमा हल्का पेट दुख्नु सामान्य हो । तर पिसाबमा संक्रमण, पाठेघरको छेउछाउमा संक्रमण हुने दुखाइ निकै घातक हुनसक्छ ।

यस्तोमा तल्लो पेटको दुखाईले महिलालाई पछि ठूलो समस्या आइलाग्न सक्छ । जसलाई लक्षण अनुसार कारण पहिल्याएर उपचार गर्नु आवश्यक हुन्छ । कतिपय महिलालाई महिनावारी गडबडीले तल्लो पेट दुख्ने गर्छ भने कसैलाई योनीबाट रगत जाने कारणले समेत दुख्ने गर्दछ । यसरी तल्लो पेट दुख्नु पाठेघरको टिबी हुनसक्छ ।

यस्तोमा खान मन नलाग्ने, तौल कम हुने, थकाइ लाग्ने, अलिकति काम गर्ने बित्तिकै थाक्ने, ज्वरो आउने हुने गर्दछ । यसै बिषयमा हामीले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र साहारा अस्पताल पोखराका प्रसुती तथा स्त्री रोग विशेषज्ञ डा. राजेश अधिकारीसंग महिलाहरुको तल्लो पेट दुख्ने र सेतो पानी बग्ने समस्याको बारेमा कुराकानी गरेका छौँ । उहाँसंग गरिएको कुराकानी तलको भिडियोमा हेर्नुहोस ।