मित्रता भनेको अवसर होइन, मीठो दायित्व हो । सुन्दरता मायालु मनमा हुन्छ र सुन्दर नजरमा हुन्छ !

स्कटनेपाल,

बेलायत मा बस्दै आउनु भएकी नेपाली चेली जानकी पन्त को निकै नै चर्चा आउन थालेको छ । बेलायत बाट सामाजिक अभियन्ता समाज सेवी इशा गुरुङ लेख्नु हुन्छ :
नेपालमा निःशुल्क खाना खुलाउने अभियानमा Janaki Pant Joon बहिनिले बेलायत बाँट रू २० हज़ार ३९२ रूपिया सहयोग गर्नु भएको छ , हजुरलाइ उच्च सम्मान छ बहिनि , निःशुल्क खाना खुलामञ्चको सट्टा प्रसूतिगृह नजिक सारिएको छ , युबा अभियान्ता #hamroteamnepal” भनेर समाज सेवी इशा गुरुङ ज्यु ले फेसबुक स्टाटस समेत अपडेट गर्नु भएको थियो !

जानकी बेला बेलामा आफ्नो सुन्दर तस्बिर मात्रै हैन समाज को लागी राम्रो काम गरेको पछिल्लो समय देखा परेको छ । उनको मन छुने फेसबुक मा देखा परेको एउटा स्टाटस।

मित्रता भनेको अवसर होइन, मीठो दायित्व हो । सुन्दरता मायालु मनमा हुन्छ र सुन्दर नजरमा हुन्छ ! दिलबाट सम्बन्ध सुमधुर बन्छ र स्वभावबाट सम्बन्ध टिकिरहन्छ । सम्बन्ध मजबुत हुनुपर्छ मजबुर हैन ! सानोतिनो कुरा मनमा राख्नाले ठूलो-ठूलो सम्बन्ध कमजोर हुन सक्छ ! हिजो भनेको आजको याद हो भने भोली भनेको आजको सपना हो । चोट भनेको हाम्रा बुझाइहरुलाई बाहिर ल्याइदिने तत्व हो। हाम्रो दैनिक जीवन नै हाम्रो धर्म हो ! जीवनका सबैभन्दा ठूला उपहार सुन्दरता र सत्य हुन् ।

अरुले हाम्रो बारेमा के सोंच्छन्, त्यो हाम्रो प्रसिद्धि हो भने, हामी आफुले आफैलाइ कसरि चिन्छौ, त्यो हाम्रो चरित्र हो ! स्वतन्त्रता बिनाको जीवन, आत्मा बिनाको शरीर जस्तै हो । जसको मन शुद्ध छैन त्यो कहिल्यै पनि महान बन्न सक्दैन। तिमीसंग तिम्रो सिद्धान्त छ र मसंग मेरो आफ्नै सिद्धान्त ! म कहिल्यै हार्दिन या त जित्छु या त सिक्छु । समय समयको कुरा हो,आज तिमी बदलिएको छौ भोलि समय बदलिनेछ । ए जिन्दगी , तिम्रो हिम्मतलाई सलाम छ, थाहा छ गन्तव्य मृत्यु हो फेरि पनि दौडीरहेको छौ ।
धन्यबाद, सबैमा शुभ दिनको कामना ????
साभार प्रेरणालय…